पुरानागाउँ वडाले दियो पञ्चेबाजासहितको सामाग्री

| असार २२, २०७८ मंगलबार

फाइल फोटो होम खड्काबाटको फेस्बुकबाट साभार
A A A
A A A

२२ असार,रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ९ ले संस्कृतिकको संरक्षण तथा जगेर्नाको लागि भन्दै पञ्चेबाजासहितका संस्कृतिक सामाग्री हस्तान्तरण गरेको छ । 

 

मंगलबार बिहान मन्थली नगरपालिकाको कार्यालयमा नगरप्रमुख रमेश कुमार बस्नेत, वडाका वडा अध्यक्ष भरत पुलामी र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले सामाग्री हस्तान्तरण गरेका हुन् । 

 

पूर्खेली पेशाको रुपमा पञ्चेबाजा बजाउदै जिविको पार्जनको मुख्य पेशा बनाएकाहरुलाई प्रदान गरेका हुन् । लक्षित समुदाय कार्यक्रम अन्तर्गत दुई सेट पन्चेबाजा हस्तान्तरण गरिएको नगरका इन्जिनियर होम खड्काले जानकारी दिए  ।


नगरपालिकाको वडा नं ९ ले लक्षिय समुदाय कार्यक्रम अन्तर्गत सिप मूलक सामाग्री प्रदान गर्दै आएको छ । 
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार