रामेछापमा, बैदेशीक रोजगारीका क्रममा अभिभावक गुमाएका बालबालिका भए छात्रवृत्रीको लागि सम्पर्क गर्न आह्वन

| असार २३, २०७८ बुधबार

संकेतिक फोटो
A A A
A A A

२३ असार,रामेछाप । वैदेशीक रोजगारीका क्रम्म विभिन्न कारण आमा बुबा गुमाएका बालबालिकाका आफ्नताहरुलाई बालबालिकाको छात्रवृतीको लागि सम्पर्क गर्न आह्वन गरिएको छ । हाल रोजगारीको शिलशिलामा बैदेशीक रोजगारीका क्रम्म आमा बाबु गुमाएका २७ जना बालबालिकाले छात्रवृत्री पाउँदै आएका छन् । 


बुधबार एक छलफलको क्रम्मा मन्थली नगरपालिकाद्वरा संचालित बैदेशीक रोजगार परियोजना ९सामी० का पदादिकारीहरुले विदेशमा रोजगारीको क्रम्म आमा बाबु गुमाएका बालबालिकाहरु कोही भए आफूहरुसंग सम्पर्क गर्न आह्वन गरेका हुन् ।

 

सामी परियोजनाले बैदेशीक रोजगारीलाई कसरी सुरक्षित तथा फलदायिक बनाउन सकिन्छ भनेर लामो समयदेखि जिल्लामा काम गर्दै आएको छ ।


संस्थाले सुरक्षित बैदेशीक रोजगारी आजको आवश्यकता भएको भन्दै आएको छ । सामीले सकेसम्म बिदेश नजाउ, जानैपरे सुरक्षीत्, भरपर्दो र विश्वाशिलो तरिकाले बैदेशीक यात्रा गर्नु उत्तम हुने बताउने गरेको छ । यसरी परियोजनासंग जोडिएर, सुरक्षित र कागाजी प्रक्रियामा दरिलो भएर बैदेशीक यात्रा गर्दा कुनै घटना वा दुर्घटनामा परि बालबालिकाले आफ्ना अभिभावक गुमाएमा त्यस्ता बालबालिकाहरुको शैक्षिक क्षेत्रको विकासको लागि केही रकम प्रदान गर्दै आएको छ ।

 

यस्तो छात्रवृत्री सामुदायिक तथा निजी विद्यालयहरु दुबैमा पठनपाठनको लागि प्रदान गर्दै आएको छ ।

 

अभिभावक गुमाएका बालबालिकाहरुलाई उनीहरु १८ वर्षसम्म पूरा नहुदा सम्मको छात्रवृतीको ब्यवस्था गरिएको सामीले जनाएको छ ।

 

कक्षा १ देखि ८ सम्मका बालबालिकालाई वार्षीक ८ हजार र ८ देखि १२ कक्षाका विद्यार्थीहरुलाई वार्षीक १२ हजारका दरले छात्रवृत्री प्रदान गरिने सामीले बताएको हो ।  

छात्रवृत्री बुझ्दै आएका बालबालिकाको नामावाली हेर्नुहोस्

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार