विप्लव रामेछापले भन्यो 'हामी मुलधारको राजनीतिमा आएको हो, संसदीय प्रणालीमा हैन' (भिडिओ)

| असार २४, २०७८ बिहिबार

A A A
A A A

२४ असार,रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले आफू मूलधारको राजनीतिमा आएको तर संसदीय प्रणालीको राजनीतिमा नआएको बताएको छ । 


बिहिबार रामेछाप जिल्लाको सदरमुकाम समेत रहेको मन्थलीमा समसामायिक राजनीतिक विषयमा पत्रकार भेटघाट गर्दै विप्लव समूहले यस्तो बताएको हो । 

 

विप्लवका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगरले "हामी मूलधारको राजनीतिमा आएका हौं, तर संसदीय प्रणालिको राजनीतिमा आएका हैनौं भने ।"

 

उनले अहिले ब्यवस्थानै खराब रहेकाले नेपाली जनताले यो व्यवस्थाबाट उनमुक्ति नपाउने दाबी समेत गरे । नेता बुढामगरले अहिलेको व्यवस्था गतिलो नभएकै कारण देश अस्थिरतातर्फ धकेलिएको भन्दै यसलाई परिवर्तन गर्न आफूहरुले नयाँबाटोको यात्रा सुरु गरेको छौं भने । 

उनले विप्लव अहिलेको सरकारमा कुनै हालमा पनि सहकार्य नगर्ने बताए । उनले आउदा कुनै पनि चुनावमा आफ्नो पार्टीले भाग नलिने घोषणा पनि गरे । 

नेपाली जनतालाई धोका दिएर हाम्रो पार्टीका कोही पनि सरकारमा जादैनौं, हामीले यसअघि धेरै पटक गृह मन्त्री समेतको अफर आउदा त गएनौं, अहिले पनि जाने छौंनौं, नेपालको स्वाधिनताको लागि ज्यान पनि दिने तयार छौं, सचिवालय सदस्य बुढामगरले भने ।

 

उनले अहिलेको राजनीतिक परिस्थिति सृजना हुनुमा सत्ता संचालन गर्ने नेतृत्वनभै व्यवस्थाको कारण भएको भन्दै यसलाई परिवर्तन गर्नु पर्ने दोहोर्याए । उनले सरकारले आफूहरुसंग गरेको तीन बुँदे समझदारी कार्यन्वयनमा गम्भिरता नदेखाएको भन्दै राजनीतिक प्रेसर बढाउने बताए । सरकारसंग सम्झौता कार्यान्वयनको बिकल्प नरहेको उनको दाबी ।

 

सचिवालय सदस्य बुढामगरले नेपाल कम्युनिष्ट पार्टीको आउदो दिन गर्ने क्रियाकलाप सरकारको काममा निर्भर हुने बताए । उनले अबको नेतृत्व छान्ने विकल्प जनमत संगह गर्नु पर्नेमा जोड् दिए ।  

त्यस्तै उनले आफूहरुलाई सिके रावतसंग तुलना गरेको भन्दै त्यो सरासर गलत भएको जिकिर गरे । उनले आफूहरुलाई देश टुक्राउनेसंग तुलना गर्न नमिल्ने ठोकुवा गरे । 

 

त्यस्तै अन्तरक्रिया कार्यक्रममा बोल्दै पार्टीका जिल्ला इन्चार्ज सरद रसाइलीले सरकारसंग गरेको बार्ता चलिरहेको भन्दै मुलुकको राजनीति अनिश्चित तर्फ धकेलिएको बताए । उनले समसामायिक राजनीतिक विषयले देश अस्थितता तर्फ गएको भन्दै अब यो व्यवस्था खारेज हुनु पर्ने बताए । 

 

उनले जिल्ला कमिटीको बैठक बसेर आगामी दिनमा आफ्नो पार्टी कसरी अगाडी बढ्ने भन्ने विषयमा घनिभूत् छलफल गरि निर्णय समेत गरिएको जानकारी गराए ।

भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?v=nIJJc3U9F7M