मन्थलीमा सरकारी र निजी गाडी ठाेक्के(फाेटाेफिचर)

| असार २५, २०७८ शुक्रबार

फाइल फाेटाे मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

२५ असार,रामेछाप । रामेछापकाे मन्थली नगरपालिका सानीमदाैमा सवारी दुर्घटनामा परेकाे छ ।  नगरपालिकाकाे वडा नं १ सानीमदाैमा सरकारी तथा निजी गाडी एकआपसमा ठाेक्किएका हुन् । 

 

ठूलीमदाैबाट मन्थली बजारतर्फ आइरहेको सरकारी नम्बर प्लेट बा १ ५३१० नम्बरकोे भ्यान र मन्थली बजारतर्फबाट ठूलीमदाै तर्फ गइरहेको सामाग्री ढुवानी गर्ने ना ५ च ८०७ नम्बरको  जिप ठाेक्किएका हुन् । 

 

दुर्घटनामा परि दुवै सवारीमा क्षेती पुगेको छ । मानवीय क्षेती भने नभएको प्रत्येक्षदर्शिले बताए  । 


दुर्घटनाबारे जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापबाट खटिएको ट्राफिक र प्रहरीले अनुसन्धान गरिरहेकाे छ । 


 सानाे घुम्तिमा दुवै गाडी तिव्र गतिमा भएको कारण दुर्घटनामा परेकाे हुनसक्ने आकंलन् गरिएको  छ ।         

फाेटाेे मिलन घिमिरे/रामेछाप टाइम्स