बाङ्ग्लादेशको एक खाध्य कारखानामा आगलागी हुदाँ ४९ जनाको ज्यान गयो, मृतक अझै बढ्न सक्ने

| असार २५, २०७८ शुक्रबार

बिबिसीबाट साभार फोटो
A A A
A A A

असार, काठमाडौं । बाङ्ग्लादेशको राजधानी ढाकानजिक एउटा ६ तले खाद्य प्रशोधन कारखानामा आगलागी हुँदा कम्तीमा ४९ जनाको ज्यान गएको छ ।

 

अन्य थुप्रै कामदारहरू हराइरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको छ । 


मानिसहरु सो भवनभित्र रहेकै समयमा बिहीवार राति आगलागी शुरू भएको थियो । 


आगो नियन्त्रणमा लिन दर्जनौँ अग्निनियन्त्रक एकाइले रातभरि प्रयास गरेका थिए।


आगलागीको कारणबारे अहिलेसम्म स्पष्ट नभएको बिबिसीले जनाएको हो ।

 

आगोलागेपछि मानिसहरु ज्यान जोगाउन हाम फाल्दा कैयौँ कामदार घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन्।