रामेछापको प्रितीबाट खुट्टाको औला काटेकी ५ वर्षीय बालिकाको हेलिकप्टर मार्फत उद्धार (भिडिओ)

| असार २६, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

असार, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ५ प्रितीबाट ५ वर्षीय बालिकाको उद्धार गरिएको छ ।

 

वालिकाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुङ्गानाले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

शनिबार बिहान प्रिती साविकको वडा नं ५ च्यादलु बस्दै आएका धनबहादुर नेपाली बाबुले स्टाड् गरि राखेको मोटरसाइकलको चेनमा खुट्टा राख्दा छोरी रोजिया नेपालीको खुट्टाको औला छिनेको छ । कतिवटा औला छिनेको भन्ने पुष्टि नभएको डिएसपी ढुङ्गानाले रामेछाप टाइम्सलाई बताए ।

 

पालिका अध्यक्ष शेर बहादुर सुनुवारको पहलमा तत्काल हेलिकप्टर मगाएर बालिकालाई काठमाडौं लगिएको स्थानीय मणिराज लुखिचा सुनुवारले रामेछाप टाइम्सलाई जानकारी दिए । सुनुवारले भने बालिकाको दाहिने खुट्टाको औलाहरु छिनेको बताए ।

भिडिओ हेर्नुहोस्

 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार