लिखु तामाकोशीमा कांग्रेस नेता खड्काको पहलमा २ करोड बराबरको राहात सामाग्री बाँडियो (फोटोफिचर)

जिल्लामा हाल सम्म बाँडेको राहात मध्यकै सबै भन्दा ठूलो राहात भएको दाबी

| असार २७, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

२७ असार,रामेछाप । नेपाली कांग्रेसका युवा नेता, प्रदेश क्षेत्रीय कार्यसमिति रामेछाप 'क' का सचिव निरोज खड्काको विशेष पहलमा जिल्लाको लिखुतामाकोशी गाउँपालिका भित्रका चार हजार दुई सय बिपन्न परिवारले खाद्यान्न राहत पाएका छन् । ताइवान स्थित अन्तरास्ट्रिय संस्था चुजी फाउन्डेसनको आर्थिक सहयोगमा प्रति परिवार २५ केजी चामल, १० केजी आटा,  एक-एक केजी दाल, चना, चिनी, नुन, एक-एक लिटर तेल र चार-चार वटा साबुन लगायतको राहत प्याकेज विपन्न परिवारले प्रदान गरिएको खड्काले बताए ।

राहात सामाग्री संकलन गोदाम

खड्काले रामेछाप टाइम्ससंगको कुराकानीमा आफूहरुको टिमले बाँडेको राहात सामाग्री कोरोना महामारीपछि  विभिन्न दाताहरुले प्रदान गरेको भन्दै सबै भन्दा ठूलो राहत प्याकेज भएको दाबी गरे । उनले भने "जिल्लाका आव वटा स्थानीय तहहरुमा पटक पटक गरेर धेरै राहात बाँडिदै आएको छ । तर, यो हामीले बाँडेको राहात आज सम्मकै जिल्लामा बाँडेको भन्दा ठूलो हो ।"

राहात सामाग्री प्रदान

कोरोना महामारी भाइरस संक्रमणका कारण रोजगार गुमाएर हात मुख जोड्न समस्या भएका, चुल्हो बाल्न धौ-धौ भएका, निम्न आय भएका परिवारसंगै अशक्त, असहाय, एकल महिला, अन्य दीर्घरोगी तथा अति विपन्न नागरिकको घर घरमा राहत पुर्याइएको खड्काले रामेछाप टाइम्ससंगको कुराकानीमा बताए । उनले आफूहरुले यो अभियान झन्डै चार हप्ता लगाएर सम्पन्न गरेको जानकारी गराए । 


रामेछाप टाइम्ससंगको कुराकानीमा उनले भने "देशमा वडादेखि केन्द्रसम्म गरि चार तहको सरकार छ । सरकारको उपस्थिति लकडाउन गर्ने र नागरिकलाई घरभित्र थुन्नेमै सिमित रह्यो । नागरिकको पेट भर्नेतर्फ सरकारसंग कुनै अपेक्षा गर्ने ठाउँ देखिएन । रोगले भन्दा भोकले मर्नेको समस्या विकराल हुने छाँट देखियो । त्यसैले निदाएको सरकारलाई झक्झक्याउनका साथै विपन्न नागरिकलाई एक महिना मात्रै भएपनि खाद्य संकटको चिन्ताबाट मुक्त गरेर चुल्हो बाल्न सहयोग होस् भन्ने हेतुले केही गर्नै पर्छ भनेर लाग्यो त्यसैले यो सम्भव भयो कांग्रेस नेता खड्काले भने ।"


उनका अनुसार चुजी फाउन्डेसनले गाउँपालिकाको केन्द्र धोबी बजारसम्म राहत ढुवानी गरेको थियो भने बजारबाट गाउँ गाउँमा राहत पुर्याउन कांग्रेस जिल्ला सदस्य भोजराज खड्काले आफ्नो पाँच वटा ट्रक उपलब्ध गराएका थिए । खाद्यान्न सामाग्रीको संगै कांग्रेस युवा नेता सूर्य श्रेष्ठले उपलब्ध गराएको पच्चीस हजार थान मास्क र पारासिटामोल पनि संगसंगै हस्तान्तरण गरिएक छ । 

सामान लिएर जादै 
खड्काको भनाई अनुसार राहात वितरणमा कांग्रेसका स्थानीय नेता कार्यकर्ता, स्वयंसेवक टोलीले व्यवस्थापन गरेको थियो । नेता खड्काका अनुसार कांग्रेस लिखुतामाकोशी गाउँपालिका सचिव दामोदर खड्का, उपसभापति हरिबहादुर खड्का, वडा नं ५ का वडा सभापति रोम बहादुर तामाङ, कांग्रेस नेता टेकबहादुर तामाङ, अरुण खड्का, रामकृष्ण खत्री, तिर्थ तामाङ, कामसिं गोले, बिरबहादुर ब्लोन, चन्द्रकुमार तामाङ, मिलन घिसिङ, पदम तामाङ, कमलप्रकाश सुनुवार, जनार्दन घिमिरे, गणेश बहादुर बोहरा, शंकर कार्की, बेदबहादुर कार्की, योगेश्वर तिमिल्सिना, त्रिविक्रम महत, सिंगबहादुर तामाङ लगायतले राहात वितरणमा सहजिकरण गरेका थिए । नेता खड्काले उनीहरुले विशेष सहयोग गरेको भन्दै उनीहरुलाई धन्वाद् दिए । 

खाद्यन्न संकलन

एक बर्षदेखिको निरन्तर प्रयासमा ताइवानी संस्था चुजी फाउन्डेसनबाट ठूलो परिणाममा करोडौं मुल्यको खाद्यान्न राहत ल्याउन सफल भएकोमा खुशी छौं, राहत पाएका स्थानीयहरु अझै हर्षित भएको देख्दा अझै केही गरौं भन्ने आशा छ खड्काले भने । उनले पहिलो चरणमा छुट भएका करिव दुई हजार विपन्न परिवारलाई सम्बोधन हुने गरि थप राहत मागको समेत थालिएको जानकारी दिए । 
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार