खाँडादेवी गाउँपालिका किसानको मन जित्दैः जोत्ने ट्याक्टरदेखि फलटिप्ने मेसिनसम्म अनुदानमा किसानलाई हस्तान्तरण (फोटोफिचर)

| असार २७, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

२७ असार,रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले किसानको मन जित्तै गएको छ । गाउँपालिकाले किसानहरुसंग हातेमालो बढाउदै किसानहरुको हितमा विभिन्न काम गर्न थालेसंगै पालिका नागरिकहरुको अभिभावक बनेको स्थानीयहरुले अनुभुति गर्ने थालेका छन् । गाउँपालिका किसानहरुको कुटो कोदालो दैनिकीसंग जोडिदै कृषि क्रान्ती ल्याउनबाटोमा अघि बढेको हो । आइतबार पालिकाले पालिकाको कार्यालय परिसरबाटै विभिन्न कृषि यन्त्रउपकरण हस्तान्तरण गरेको छ । 

पालिकाले आइतबार प्रदान गरेका सबै औजार उपकरण ७५ प्रतिशत अनुदानमा कृष्कहरुलाई हस्तान्तरण गरिएको पालिकाले जनाएको छ । सामाग्री, उपकरणहरु पालिका प्रमुख प्रेम तामाङ्ले कृषकहरुलाई हस्तान्तरण गरेका हुन् । 


पालिकाले कृषिलाई उत्पादनसंग जोडी निर्वाहा मूखी खेती प्रणालिबाट ब्यवसायिक तर्फ अघिबढाउने अबको बाटो भएको पालिकाका प्रमुख प्रेम तामाङ्ले रामेछाप टाइम्ससंग बताए । "जमना पहिले जस्तो छैन्, गाउँमा गाडी आउछ, बिजुली छ, सकडहरु कुना कुनामा पुगेका छन्, अब खेती प्रणाली पनि हामीले निर्वाहा मूखीबाट आधुनिक र व्यवसायिक खेती प्रणालीलाई अंगाल्नु पर्छ भनेर हामीले कृषि सामाग्री दिएका हौं तामाङ्ले रामेछाप टाइम्ससंग भने ।"

 

उनले अब कृषिबाटै पालिकाका स्थानीयहरुलाई आत्मनिर्भर बनाउने र निर्यात मूखी खेती गरिनेमा जोड् दिए । 


"विगतका वर्षाहरुमा निर्वाहा मूखीमात्रै थियो । अब आधुनिकिकरण गर्नुपर्छ । हामी त्यही गर्ने लागेका छन् । ब्यवसायिक खेती प्रणालिलाई अगाडी बडाउने उदेश्य अगाडि सारेका छौं प्रमुख तामाङ्ले भने ।"


आइतबार मिनिटिलर ९ वटा, मकै छोडाउने बिधुतिय मेसिन १८ वटा, घाँस काट्ने मेसिन ५ वटा, ब्याट्री स्प्रे ठूलो २७ र हाते ९ वटा, खाडाल खन्ने मेसिन एक वटा, सिकेन्चर २२ वटा, हजारी १२ वटा, सामाग्री हाल्ने क्रेट १ सय ४० वटा,फलफूल टिप्ने मेसिन ९ वटा, दाँते ११ वटा, रुंखको हाँग काट्ने सानो कैचीं १२ र ठूलो एक  वटा, मकै छोडाउने हाते मेसिन ९ वटा डिजिटल ब्यलेन्स तराजु २१ वटा  र सेलिङ प्लान्ट रुख रोप्ने मिसिन ७ वटा वितरण गरेको पालिका प्रमुख तामाङ्ले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

यस अघि पनि पालिकाले विभिन्न वडामा पुगेर वडाले खरिद् गरेका कृषि औजार उपकरण हस्तान्तरण गरेको थियो । 
वितरित उपकरणहरुको फोटो हेर्नुहोस्

तस्विर साभार पालिकाको फेस्बुक पेजबाट 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार