चीनमा होटल भत्किँदा पूरिएका ४३ जना मध्ये छ जना तीन दिनपछि जिवितै उद्धार

भवन भत्किँदा १८ जना पुरिएको अनुमान

| असार ३०, २०७८ बुधबार

फोटो स्रोत बिबिसी
A A A
A A A

३० असार,काठमाडौं । चीनको पूर्वी सहर सुजूमा एउटा होटल भत्किँदा पुरिएका छ जना तीन दिनपछि जिवितै फेलापरेका छन् । दुर्घटनामा कम्तीमा १७ जनाको ज्यान गएको छ ।

 

भवन भत्किँदा १८ जना पुरिएको अनुमान गरिएको छ । भत्किएको भवनमा ३६ घण्टासम्म खोजतलास गर्दा उद्धारकर्मीहरूले भग्नावशेषमा पुरिएर रहेका २३ जना मध्ये छ जनाको जीवितै उद्धाग गरेका हुन् । 

जीवित फेला परेका छ जनामध्ये पाँच जना घाइते रहेका र एक जनालाई कुनै चोटपटक नलागेको बताइएको छ । 


चीनको ग्लोबल टाइम्स पत्रिकाका अनुसार उक्त भवनका मालिकले भवनको संरचनामा नै फेरबदल गर्ने प्रयास गरेकाले उक्त दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको बिबिसीले लेखेको छ । हालैका वर्षहरूमा उक्त भवनमा पटकपटक मर्मतका कामहरू भएको बुझिएको छ।

सोमवार स्थानीय समयानुसार दिउँसो ३ ः ३० बजेको समयमा उक्त होटल भत्किएको थियो । त्यसपछि उद्धारकार्यमा ६ सय जनाभन्दा बढी उद्धारकर्मी खटिएका छन् ।