आधा तलबमा ५ वर्ष बार्सिलोना फुटबल क्लबमा बस्न मेस्सी तयार

| असार ३१, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

३१ असार, काठमाडौं । लियोनेल मेस्सी पहिलेको भन्दा आधा तलबमा सन् २०२६ को अन्त्यसम्म बार्सिलोना फुटबल क्लबबाट खेल्न सहमत भएका छन् । तर यो घोषणाको कार्यान्वयनका लागि बार्सिलोनाले मेस्सीको तलब जुटाउन केही खेलाडीहरू छोड्नुपर्ने बिबिसीले जनाइएको छ । 

 

 

जुन ३० मा उनको वार्षिक तलब १२ करोड ३० लाख पाउन्ड भनिएको सम्झौता समाप्त भएपछि उनी क्लबविहीन भएका थिए।


आर्जेन्टिनाका लागि कोपा अमेरिका २०२१ जिताएपछि उनी अहिले बिदामा छन् र सम्झौताका प्रावधानहरूलाई अन्तिम रूप दिन बाँकी नै छ  ।  

 

मेस्सीको नेतृत्वमा कोपा अमेरिकाको उपाधि जितेपछि आर्जेन्टिनाको राष्ट्रिय टोली केही दिनअघि स्वदेश फर्किएको छ ।


मेस्सीले बार्सिलोनाका लागि खेल्दै सबैभन्दा बढी ६७२ गोल गरेका छन् भने १० ला लिगा, चार च्याम्पियन्स लीग र सात कोपा डेल रेज जिताएका छन्।

मिलन घिमिरे (बि क)
| चैत १०, २०७८ बिहिबार