३२ दिनसम्म पनि हत्यारा सार्वजनिक गर्न नसकेको भन्दै रामेछाप प्रहरी बिरुद्ध दिनभर प्रर्दशन (भिडिओ)

| साउन १, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

१ साउन,रामेछाप  । रामेछाप जिल्लाको मन्थली नगरपालिका गेलुका शारीरिक रुपमा अशक्त एक पुरुषको हत्यारालाई सजाय दिन नसकेको भन्दै जिल्ला प्रहरी कार्यालय रामेछाप विरुद्ध स्थानीयहरु आन्दोलित् भएका छन्  । 

 

गत असार २ गते मन्थली नगरपालिका वडा नं १२ गेलुका ३५ वर्षीया काले भनिने राजकुमार बुडाथोकी मृत अवस्थामा सोही ठाउँको सिक्राल भन्ने स्थानमा भेटिएका थिए  । काले कान राम्रो नसुन्ने, बोलिचाली नबुझ्ने (लठ्याप्रो भएका) तर ब्यवाहारिक रुपमा सामान्य र समाजमा राम्रो छवि भएका थिए  । 

 

असार १ गते उनले सोही ठाउँका पशुराम बुढाथोकीको घरमा ज्यामी काम गररे राति बुढाथोकीसंग बसेको र उनीहरुले राति ९रक्सी० माद्क पदार्थ सेवान् गरेको पुष्टि भएको बताइएको छ । सोही दिनको रातिदेखि बेपत्ता भएका काले भनिने बुढाथोकी भोली पल्ट साँझ ५ बजे मृत अवस्थामा एकान्तमा पर्ने चनौटे भन्ने भिरको ३ सय मिटर तल मृत फेला परेका थिए ।

 

सोही दिन जिल्ला प्रहरी कार्यालयबाट पुगेको प्रहरी टोलीले घटनाको स्थालगत निरिक्षण गरि बुढाथोकीको शव मन्थली पोष्ट माटमको लागि ल्याएको थियो । पोष्ट माटम रिपोर्टमा कुट्पिट्बाट मृत्यु नभएको पुष्टि भएको आएको थियो ।  


बुढाथोकीको पोष्टमाटम रिपोर्टमा टाउकोमा चोटलागेर मृत्यु भएको आएको थियो । असार तीन गते परिवारले शव बुझी दाहासंस्कार गरेका थिए । असार तीन गते मृतक बुढाथोकीकी आमा भैरब कुमारी बुढाथोकीले छोरो लडेर मरेको लिखित् बयान जिल्ला प्रहरी कार्यालयमा दिएकी थिइन् ।

९ गते मृतककी दिदी आफ्नो भाई लडेर नभई कसैले हत्या गरेको बयान् लिएर आएकी थिइन् । उनले दिएको बयानको आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको टोलीले घटनामा संलगन रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । तर स्थानीय अगुवासहितको टोलीले युवकको हत्यारालाई ३२ दिनसम्म पनि सार्वजनिक गर्न नसकेको भन्दै शुक्रबार सदरमुकाम मन्थलीमा जिल्ला प्रहरी बिरुद्ध दिनभर प्रर्दशन गरे ।  

 

उनीहरुले शुक्रबार काठमाडौं लगाएका ठाउँबाट जिल्ला भिएिका विभिन्न सवारी र जिल्ला बाहिरिने सवारी समेत केहीबेर ठप्प पारेका थिए । 

उनीहरुले न्यायको मन्दिरमै न्यायको हत्या, हत्यारालाई कारबाहि गर, काले दाईले न्याय पाउनै पर्छ, पीडित् परिवारलाई न्याय दे, मन्थली १२ लाई न्याय दे, हामीले न्याय न्याय पाउनै पर्छ, गरिबलाई न्याय दे, प्रहरी प्रशासन सोहीयार, लाशमाथिको राजनीति बन्द गर, जनप्रतिनिधि मूर्दावातलगाएतका नारावाजी गरेका थिए । 

उनीहरुले हत्यारालाई चाँडो भन्दा चाँडो सार्वजनिक गर्न माग गरेका छन् । 

यस्तो थियो घटना.........................................................

यता रामेछाप जिल्लाका प्रहरी नायव उपरिक्षक नवराज ढुङ्गाना भने यस घटनामा प्रहरीले गम्भिरताका साथ अनुसन्धान गरिरहेको बताए । घटनास्थलमा सरकारी वकिल सहित आफू स्वयम पुगेर स्थानियहरूको सहयोगमा प्रमाण संकलन गरि सोहि आधारमा अनुसन्धान भई रहेकोले स्थानीयहरूलाई शंका नगर्न समेत उनले आग्रह गरे । ढुङगानाले स्थानीयहरु आन्दोलित के कारण भएको भन्दै आफू अच्चमित बनेको बताए । ढङगानाले घटनाको अनुसन्धान् भैरहेकोले घटनामा दोषी जोकोही पनि उम्किन नपाउने जिकिर गरे ।