रामेछापमा राष्ट्रिय युवा संघले प्रधानन्याधिशको पुत्ला जलायो (भिडिओ)

| साउन २, २०७८ शनिबार

फोटो मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

२ साउन, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा प्रधानन्याधीश चोलेन्द्र शम्शेर राणाको पुत्ला दहन गरिएको छ । 

 

शनिबार साँझ राष्ट्रिय युवा संघ नेपाल रामेछाप र ओली समूह एमाले कमिटीका नेता तथा कार्यतर्ताले चर्काे नाराबाजीसहित पुत्ला दहन गरेका हुन् । 

 

उनीहरुले प्रधान्याधीशले संसद पुन स्थापना गरि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न आदेश दिएको भन्दै प्रधानन्याधीशको चर्काे विरोध गर्दै नाराबाजी गरेको थिए । उनीहरुले प्रधानन्याधीश राणाको यो कदम असंबैधानिक भएको भएको बताए । 


पुत्ला दहन कार्याक्रममा बोल्दै एक नेताले प्रमादेशबाट प्रधानमन्त्रीमा नियुक्त गर्ने प्रधानन्याधीशको यो कदमलाई आफूहरुले नमान्य बताए । उनले सरवोच्चको यो कदमलाई राणा शासन भने ।

भिडिओ हेर्नुहोस्