कांग्रेस १४औं महाधिवेशनः रामेछापमा आधा दर्जनबढी सभापतिको दाबेदार, यी हुन्, प्रतिस्पस्पर्धी

| साउन ३, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

३ साउन, रामेछाप । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन् नजिकियसंगै कांग्रेसका नेता कार्यकर्ताको दौडधुप सुरु भएको छ । जिल्लामा कांग्रेसका नेता कार्यकर्ताहरुलाई अहिले भ्याई नभ्याई छन् । एक हप्तामा काठमाडौं र रामेछाप गर्दै नेताहरुको दिन चर्या बित्न थालेको छ । जिल्ला पार्टी सभापतिको दौड्धुपको लागि आधा दर्जन नेता कार्यकर्ता जोड्तोड्ले लागेका छन् । 

 

महाधिवेशन प्रतितिधिदेखि जिल्ला सभापतिको उम्मेद्वारीमा अहिले नेताहरुको रस्साकस्सी चलिरहेको छ । अहिले केन्द्रमा आफ्नै सरकार बनेको त्यसमा पनि महाधिवेशन् साउन २० भित्रै सम्पन्न गर्नु पर्ने भएकाले पनि जिल्ला तहदेखि केन्द्रसम्मका नेताहरुको भ्याइ-नभ्याई छ । 

 

चर्काे दौडधुमा रहेको कांग्रेस नेताहरु जिल्ला सभापतिको उम्मेद्वारीको लागि आ–आफ्नो ठाउँबाट लबिङ गर्दै छन् । यो अवस्थामा कांग्रेस रामेछापले भने वर्तमान् सभापति लवश्री न्यौपानेलाईनै समापतिमा सर्मथन् गर्ने भएको छ । सस्थापनरत् कांग्रेसले पार्टीको तर्फबाट आधिकारीक रुपमा सभापति न्यौपानेलाई पुनःह् सभापति पदमा सर्मथन गर्ने लगबग टुङ्गोमा पुगेको पार्टीका प्रवक्ता नारायण खड्काले रामेछाप टाइम्ससंगको कुराकानीमा बताए । 

 

उनले भने “सभापतिको उम्मेदवार आकांक्षी साथिहरु धेरै छन् । तर, पार्टीले लवश्री दाईलाई नै दोहो¥याउने लगबग टुङ्गो लागेको छ । विशेष परिस्थितिमा बहेक हामीले सर्मथन् गरिसकेका छौं ।”

न्यौपानेले पनि सभापति पदको उम्मेद्वरी दिने घोषण गरिसकेका छन् । उनलाई कांग्रेसलाई एक ढिक्का बनाउन नसकेको, जिल्लामा पार्टी बलियो बनाउन नसकेको आरोप लाग्दै आएको छ । तर, सभापति न्यौपानेले आफ्नो नेतृत्वमा बन्दै गरेको वीपी स्मृती भवनलाई पूर्णता दिनकै लागि भएपनि आफ्नो सभापतिको घोषण गरेको बताउदै आएका छन् । कुनै पनि हालतमा पछि नहट्ने उनको जिकिर  छ ।

 

त्यस्तै संस्थापन् इतरसमूहबाट पनि धेरै सभापतिको दाबेदार रहेपनि महिधिवेशन् प्रनिधिहरुद्वय कृष्ण महत, अजुर्न केसी र पूर्व पार्टी सभापति समेत रहेका रामचन्द्र खड्का सभापति पदको दाबी गरिरहेका छन् । उनीहरु गत महाधिवेशनमा पनि न्यौपानेसंग प्रतिस्पधी हुन् । 

 

समाजसेवीको छवी बनाएका महाधिवेशन् प्रतिनिधि पूर्णबहादुर तामाङ (कान्छाराम)ले पनि पार्टी सभापति पदको उम्मेद्वारको घोषणा गरि सकेका छन् । 

 

गत असार ४ गते बसेको पार्टीको केन्द्रिय समितिको बैठकले यही साउन १२ गते २८ गतेसम्म जिल्लाको गाउँ, नगर, वडा कमिटीदेखि लिएर प्रतिनिधिसभा क्षेत्रिय अधिवेशन हुदै छ । 

रामेछापको ६४ वटा वडामा साउन १२ गते वडाको अधिवेशन हुनेछ ।

 

अहिले क्रियाशील सदस्यता छानविन समिति अन्तिम अरणमा पुगेको क्रियाशील सदस्यता सम्बन्धी समितिका प्रवक्ता प्रदिप पौडेलले बताए । 

 

केन्द्रीय तालिका अनुसार गाउँ, नगर, वडा अधिवेशन यहि साउन १२ गते, गाउँ नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ । 

 

त्यस्तै प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन साउन २६ गते हुनेछ । 


त्यस्तै प्रदेश अधिवेशन भाद्र १ र २ गते, केन्द्रीय महाधिवेशन भाद्र १६, १७, १८ र १९ गते, काठमाडौं हुने कार्यतालिका रहेको छ । 

कांग्रेसको महाधिवेशन कार्यातालिका हेर्नुहोस्