नमूना मावि मन्थलीः पठनपाठदेखि ब्यवहारिक शिक्षा,यस्तो छ, स्थापना कालदेखिको इतिहास (फोटोफिचर)

| साउन ५, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

५ साउन,रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीस्थित मन्थली माध्यमिक विद्यालयले  कोरोना महामारीको बीचमा गरेका सम्पूर्ण गतिविधि र आगामी योजना सार्वजनिक गरेको छ । सोमबार विद्यालयमा पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि विद्यालयले स्थापना कालदेखि हालसम्म हाँसिल गरेका उपलब्धि र गतिविधि, सार्वजनिक गरेको हो । 

२०१२ सालमा प्रा।वि तहसम्मको अध्ययन गर्ने गरि स्थापना भएको मन्थली मा.विको हालसम्म ७ पकट सम्म नाम परिवर्तन भएको छ । महेन्द्र विध्या मन्दिर नामबाट सुरु भएको स्कूल हाल मन्थली माध्यामिक विद्यालय रहेको छ ।

नमुनाका लागि अग्रस मन्थली मा.वि.मा हाल २ हजारको हाराहारीमा विध्यार्थी पठनपाठन गर्दै आएका छन् । खेलकुद र अतिरिक्त क्रियाकलापमा जिल्ला भरिकै उत्कृष्ट नतिजा ल्याउदै आएको विद्यालयले एस. ई.ई मा जिल्लामा उत्कृष्ठ स्थान बनाउदै आएको छ । 


त्यस्तै जिल्लामा विज्ञान विषयका शिक्षकहरू अभाव भैरहेको सन्दर्भमा सो पूर्ति गर्न विद्यालयले विज्ञान विषयको अध्यापन निःशुल्क गरी अभियानका रूपमा शुरू गरेको छ ।

विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयआर्जन व्यवसायमा जोड्नका लागि आर्थिक वर्ष २०७७÷०७८ देखि बाख्रापालन कार्यक्रम पनि विद्यालयले सञ्चालन गरिएको ।