गौरिशंकर माविमा 'एक शिक्षक एक ल्यापटप' हस्तान्तरण (फोटोफिचर)

| साउन ६, २०७८ बुधबार

फाइल फोटो निर बहादुर कार्कीको फेस्बुकबाट साभार
A A A
A A A

६ साउन,रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिकास्थित गौरिशंकर विद्यालयले एक शिक्षक एक ल्यापटप वितरण गरेको छ । 

 


मंगलबार गौरीशङ्कर माध्यमिक विद्यालयले कोरोना महामारीले भौतिक रुपमा उपस्थित् भएर पठन पाठनमा सम्भव नरहेको अवस्थालाई मध्यनगजर गरि शिक्षकहरुलाई पठनपाठनमा सहजता ल्याउने उदेश्यले एक शिक्षक एक ल्याप्टप वितरण गरिको विध्यालयका प्रधानध्यापक निरबहादुर कार्कीले जानकारी दिए । 


सो विध्यालयको विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभानव संघ र शिक्षक(कर्मचारीबीच संयुक्त शैक्षिक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरि एक शिक्षक एक ल्यापटप वितरण गरिएको उनले बताए । ल्यापटप विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर मगरले शिक्षकहरुलाई हस्तान्तरण गरेका थिए । 

आइसिटी प्रबर्द्धन प्रयोजनका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रु १९ लाख ५० हजार बजेटबाट सो ल्यापटपहरु प्रदान गरिएको प्रधानध्यापक कार्कीले जानकारी दिए ।

उनले शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुर, शिक्षा विकास तथा समन्वय इकाई, मन्थली, रामेछाप र रामेछाप नगरपालिकाले सो कार्याकालागि सहयोग गरेको भन्दै उनीहरुलाई आभार ब्यक्त गरे ।