सुनकोशी २ जलविधुत आयोजनाः उर्जा मन्त्रालयले अगाडि सार्यो वातावरणीय प्रभाव मूल्याङ्कनको काम (सूचनासहित)

| साउन ७, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

७ साउन,रामेछाप । उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले सुनकोशी २ जलविधुत आयोजनाको वातावरणीय प्रभान मूल्याङ्कको काम अगाडी बढाएको छ ।  रामेछाप, सिन्धुली र काभ्रेपलान्चोक जिल्लाको सिनामा भएर बग्ने सुनकोशी नदीमा निर्माण प्रस्ताव गरिएको ९७८ मेगावाट क्षमताको जलविधुत् आयोजनाको निर्माण पक्षले वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया अगाडी बढाएको हो।  


यो योजना अनुसार रामेछापको रामेछाप नगरपालिका वडा नं ५ मा ३९५ मिटर लामो र सिन्धुलीको गोलोन्जोर  गाउँपालिका वडा नं १ को च्याकुटारमा १६८ मिटर लामो बाँध निर्माण गरिने छ । 
त्यस्तै १.२ किलोमिटर लामो र १० मि. ब्यास भएको सुरुङ् मार्गबाट सिन्धुलीको च्याकुटारमा बिधुतगृहको प्रस्ताव गरिएको छ । 


यो योजनालाई लिएर मन्त्रालयले बुधबार एक सूचना प्रकाशन गरि आयोजना प्रभावित हुने गाउँपालिका र नगरपालिकामा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआए)  अध्ययन् प्रतिवेदन् तयारी अगाडी बढाएको हो ।

 

यो योजनाबाट रामेछापको रामेछाप नगरपालिका वडा नं ५,७,८ र ९ मन्थली नगरपालिकाको वडा नं १,२,३ र ४ र खाँडादेवी गाउँपालिकाको १,२,३ र ४ प्रवावित् हुने छन् । 

 

त्यस्तै सिनधुलीको सुनकोशी गाउँपालिका वडा नं १,२,३,४,५,६,७, गोलोन्जोर गाउँपालिकाको वडा नं १,२,३,६ र ७ प्रभावित् हुने छन् । 

 


त्यस्तै काभ्रेपलान्चोकको तेमाल गाउँपालिकाको वडा नं ९ प्रभावित हुने योजना छ । यी वडाहरुलाई लक्षित गरि मन्त्रालयले ती ठाउँका स्थानहरु सहित प्रभावित हुने गाउँपालिका र नगरपालिकाको प्रभाव मूल्याङ्कन सुरु गरेको हो । 

 

तीन जिल्लाका निकै महत्वपूर्ण भूगोल समेटिएको यो योजनालाई निकै महत्वको साथ हेरिएको छ ।

सूचना हेर्नुहोस्


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार