मानवअधिकार संजाल रामेछापकाे विधुत प्राधिकरणलाई प्रश्न बत्ती किन यति धेरै गएकोः जवाफ यस्तो (भिडिओ)

| साउन ७, २०७८ बिहिबार

A A A
A A A

७ साउन,रामेछाप  । पटक पटक बिजुली गएर दिक्क बनाएकाे भन्दै मानवअधिकार संजाल रामेछापले नेपाल  विधुत प्राधिकरण रामेछापको ध्यानाकर्षण गराएका् छ । संजालले प्राधिकरणले गत बुधबार सार्वजनिक गरेकाे ध्यानाकर्षण पत्र गैर जिम्मेवार तरिकाले जवाफ दिएका् भन्दै सचेत पनि गराएको छ । 

बुधबार प्राधिकरणले पटक पटक बत्ती जाने समस्या जिल्ला शाखाकाे नभएको उल्लेख गरि सार्वजनिक सूचना प्रकाशन गरेकाे थियाे । प्राधिकरणकाे त्याे सूचना गैरजिम्मेवारी तरिकाले बाहिर ल्याइएको  भन्दै आगामी दिनमा जनताको हितमा हुन गरि सेवा प्रवाह गर्न माग गरेकाे हाे ।  सम्बन्धित निकायले नै निरासा पैदा गर्ने गरि दिएकाे जवाफले सेवाग्राहीमा नैरास्यता पैदा गरेकाे संजालकाे ठहर छ । 

काेराेना भाइरस संक्रमणकाे विकराल परिस्थितिले निम्त्याएको शिक्षा क्षेत्रकाे पीडालाई केही हदसम्म अन्लाइन कक्षहरुले न्युनिकरण गर्ने याेजनामा पनि प्राधिकरणकाे सेवा प्रबाहबाट थप चुनाैती थपिएको भन्दै  समस्या के हाे तत्काल बुझेर हल गर्ने वातावरण बनाउन संजाललले माग गरेकाे हाे ।  

`अहिले धेरै विद्यार्थीहरु अन्लाईन कक्षाबाट पढ्दै छन्,तर बत्ति बारम्बार जान समस्याले बिद्यार्थीहरुकाे पठनपाठनमा थप समस्या आएकाे छ । यस्ताे परिस्थितिमा के समस्या हाे । सकेसम्म हल हुनु पर्याे संजालका संयाेजक पाण्डप प्रसाईले ध्यानाकर्षण पत्र बुझाउदै भने। ´

ध्यानाकर्षण पत्र बुझ्दै प्राधिकरणका शाखा प्रमुख कृष्णहरि दाहालले केही समस्या हल भैसकेको भन्दै साना तिना समस्या चाडै हल गर्ने बताए  । 


`धेरै ठाउँ तिरकाे समस्य त, हल गरिसकेका छाैं । एक दुई ठाउँकाे पनि समस्य चाँडै हल गर्छाैं प्रमुख दाहालले भने ।´

 
उनले निरन्तरकाे वर्ष, पहिराे, बाढी र रुखका हाँगाहरुले बिजुलीको तारमा छुने हुनाले समस्या आएकाे भन्दै समस्या पहिचान गर्न केही समय लाग्ने गरेकाे बताए  ।


धेरै तिरकाे तार छुने हाँगाहरु हटाइसकेकाले समस्या हट्दै जाने बताए  ।