अनेरास्ववियू रामेछापले बुझायो नेपाल बिधुत प्राधिकरणलाई ध्यानाकर्षण पत्रः कांग्रेसले ११ गते धर्ना दिने (सूचना)

बिजुली जाने समस्या बढ्न थालेपछि स्थानीय प्राधिकरणसंग रुष्ट

| साउन ८, २०७८ शुक्रबार

संकेतिक फोटो
A A A
A A A

८ साउन,रामेछाप । लाखौं विद्यार्थीहरु अनलाईनको माध्यमबाट घरमै बसी पठन–पाठनमा सहभागि भइरहेको तर हरेक दिन पटक पटक विद्युत लाइन आउने-जाने भएको भन्दै अनेरास्ववियू रामेछापले ध्यानार्षण गरेको छ । पटक पटक बिजुली आउने जाने भएको भन्दै उपभोक्ताहरु आक्रोशीत बनेका छन् ।

 

जिल्लाका सक्रिय संघस्था, पार्टीका भातृ संस्था, राजनीतिक दलहरु, मानवअधिकार संजाल लगाएतले प्राधिकारणको लापर्वाहि भएको भन्दै ध्यानाकर्षण गरेका छन् । 


शुक्रबार एमालेको निकट भातृसंगठनले प्राधिकारणको ध्यानाकर्षण पत्र बुझाएको हो । उसले लामो समय देखि कोरोना भाइरस संक्रमण (कोभिड–१९) को कारणले पारेको समस्यामा प्राधिकरणको लापरबाहिले थप चुनौती थपिएको बताएको छ । 


उसले विभिन्न पेशा व्यवसायी तथा शैक्षिक क्षेत्र,उद्योग सञ्चालनबाट जीवीकोपार्जन गरीरहेका आमसर्वसाधरणमा बिधुत आपूर्तीमा भएको समस्याले दैनिकीमा समस्या थपिएको भनेको छ । कोरोना महामारी बढेदेखि भौतिक रुपमा पठनपाठन ठप्पछ । करिपए विद्यालयहरुले अन्लाईबाटै कक्षा संचालन गरिरहेका छन् । यस्तो परिस्थितिमा पटक पटक बिजुली आउने जाने हुँदा थप जटिल्ता थपिएको भन्दै अनेरास्ववियूले चिन्ता ब्यक्त गरेको हो ।

 

संघले प्राधिकारणका प्रमुख कैष्णहरी दाहाललाई ध्यानाकर्षण पत्र बुझाउदै तत्काल समस्या समाधान गर्ने आग्रह गरेको छ । बिहिबार मानवअधिकार संजाल रामेछापले पनि ध्यानाकर्षण पत्र बुझाउदै समस्या समाधान् गर्ने आग्रह गरेको छ । 


"संघले बुझाएको पत्रमा विद्यार्थी सहित उद्योगी, व्यवसायी र आम जिल्लाबासी जनसमुदायलार्ई असर परिरहेको हुँदा उक्त कुरालाई ध्यानमा राखि यथाशिघ्र समस्या समाधानका निम्ति ध्यानाकर्षण गराउन चाहन्छौं भनिएको छ ।"

ध्यानाकर्षण पत्र हेर्नुहोस्

त्यस्तै नेपाली कांग्रेसले आउदो सोमबार ११ गते बिहान ११ बजे प्राधिकरणको कार्यालयमा धर्ना दिने भएको छ । यसको लागि कांग्रेसले तयारी गरिरहेको पार्टी सचिव लेखबहादुर कार्कीले जानकारी दिए । उनले 'सोमबार मन्थलीको देवकोटा चोकमा भेला भएर प्राधिकरण शाखा कार्यलाय मन्थलीमा धर्ना दिने कार्यक्रममा सहभागि भईदिनुहुन सादर अनुरोध छु भनेका छन् ।'