करदाता सेवा कार्यालयले उठायो ८ करोड राजश्वः सेवाग्राहीको हितमा बायोमेटिक प्रणालिमा यस्तो सेवा दिने तयारी (भिडिओ)

| साउन १२, २०७८ मंगलबार

A A A
A A A

१२ साउन, रामेछाप । करदाता सेवा कार्यालय रामेछापले ८ करोड बढी राजस्व संकलन गरेको छ । धुलीखेलको आन्तरिक राजश्व कार्यालयबाट जिल्लामा शाखा विस्तार भएपछि दर्ता गरेर व्यवसायिक बन्नेको संख्यामा बृद्धि भएको करदाता सेवा कार्यालय रामेछापले जनाएको छ ।

 

गत २०७७ असोज २८ गते जिल्लामा शाखा विस्तार गरी सेवा प्रवाह गर्दै आएको कार्यालयले गत फागुन महिनादेखि आफ्नै कोडमा राजस्व संकलन थालेको कार्यालयले २०७८ असार मसान्तसम्म ८ करोड ९२ लाख रुपैयाँ राजश्व उठाएको शाखा प्रमुख तथा कर अधिकृत विनोदप्रसाद आचार्यले जानकारी दिए । 

करदाता सेवा कार्यालय मन्थली रामेछाप, तस्विर मिलन घिमिरे,रामेछाप टाइम्स


उनका अनुसार जिल्लामा कार्यालय संचालनमा आएसँगै यहाँका सेवाग्राही खुसी बनेको दावी गरे । कर अधिकृत आचार्यले सेवा संचालनमा आए पनि पर्याप्त कर्मचारी नहुदाँ सेवामा केही समस्या रहेको उनले स्वीकार गरे ।


जिल्लामा सेवा संचालनमा ल्याएको कार्यालयले करदाताहरुको हितमा हुने बायोमेट्रिक प्रणालीको सेवा सुचारू गर्ने तयारी अन्तिम चरणमा पुगेको समेत आचार्यले बताए ।  उनले भने “हामीले करदाताहरुको आधिकारिकताको प्रमाणका लागि कम्प्युटर प्रणालीबाट फोटो खिच्ने र सबै कागजात संकलन गरेर राख्ने प्रविधि सुचारू गर्न लागेका छौं । यो प्रणालीले करदाताहरुले एकपटक लिएको प्रमाणपत्र हरायो भने पछी विना कुनै प्रमाणपत्र विना नै फेरि प्रमाणपत्र लीन सकिने व्यवस्था छ । पहिलेनै सबै प्रमाणहरु सिष्टममा राखिएको हुनेछ ।”

करदाता सेवा कार्यालय मन्थली रामेछाप, तस्विर मिलन घिमिरे,रामेछाप टाइम्स

यो प्रणालीबाट सक्कली सेवाग्राहीको पहीचान गर्न पनि सहज हुने उनको भनाइ रहेको छ  । रामेछाप जिल्लालाई कार्याक्षेत्र बनाएर सेवा प्रदान गरीरहेको कार्यालयले, धुलीखेल आन्तरिक राजश्व कार्यालयबाट गर्ने विभिन्न र निश्चित सेवा प्रदान गर्दै आएको छ ।

 

छिटो र कम लागतमा सेवा दिने, वैध व्यवसायलाई प्रोत्साहन गर्ने, अवैध व्यवसायलाई खारेज गर्ने, गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले सेवा प्रदान गर्ने कार्यालयको उद्देश्य रहेको आचार्यले रामेछाप टाइम्ससँग भने । तोकिएको व्यवसाय मात्रै खारेजको अनुमति यो कार्यालयले पाएको छ । करदाता तालिम सञ्चालन गरी जानकारी गराउने पनि संस्थाको कामभित्र पर्छ ।

ब्यवसायिहरुको हितमा बायोमेटिक प्रणालीको डिजिटल फोटो खिच्ने ठाउँ तस्विर मिलन घिमिरे,रामेछाप टाइम्स

यद्यपि सेवा कार्यालय जिल्लामै सञ्चालनमा आए पनि सेवाग्राहीहरुले भने विभिन्न बहानामा चर्को रकम असुल्ने गरेको गुनासो गरेका छन् । उनीहरुले कार्यालयका कर्मचारी र बाहिरी निजी कन्सल्टेन्सीहरु खोलेर बसेका व्यवसायीहरुको मिलेमतोमा विभिन्न बहानामा बढी रकम असूल्ने गरेको गुनासो गरेका हुन् ।


तर, कार्यालय प्रमुख आचार्यले भने “यो कुरालाई आफ्नो कार्यालयको संलग्नता नरहेको बताउछन् । उनी भन्छन् ‘हाम्रो यसमा केही संलगनता छैन्, हाम्रो कार्यालयबाट प्रदान हुने सेवा १० र १५ मिनेटमै प्रदान हुन्छ । बाहिरका साथीहरुले सञ्चालन गरेको व्यवसायबाट प्रदान हुने सेवामा पनि महँगो भयो भन्ने गुनासो आएकाले हामीले सबै सँगको छलफलबाट केही सुलभ गरेको नजिर पनि छ । त्यसैले हाम्रो सेवा चुस्त छ ।”


जिल्लामा दर्ता भएको ४० देखि ५० प्रतशित संस्थाहरु कृषि पेसामा आधारित भएको तथ्याङ्कले देखाएको उनी बताउछन् । कृषि प्रदान देश भएर पनि कृषिमा आधारित संस्था दर्ता हुनु स्वभाविक हो तर राज्यबाट अनुदान लिने, देखावटीको लागि दर्ता गर्ने र स्वार्थपूर्ती भएपछि नवीकरण नगर्ने प्रचलनले भने केही समस्या सिर्जना गरेको उनको विश्लेषण छ । 

करदाता सेवा कार्यालय रामेछाप