मन्थली नगरपालिकाले कोरोना रोकथाममा ४४ लाख ३७ हजार ३७३ रुपैयाँ रकम खर्च गर्यो (विवरणसहित)

| साउन १३, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

१३ साउन,रामेछाप । रामेछापको मन्थली नगरपालिकाले कोरोना भाइरस संक्रमण (कोभिड-१९) रोकथामको खर्च विवरण सार्वजनिक गरेको छ । नगरले हालसम्म ४४ लाख ३७ हजार ३ सय ७३ रुपैयाँ रकम खर्च गरेको नगरपालिकाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

 

नगरभित्र पहिलो पटक कोरोना संक्रमण फैलिएपछि गत २०७७ साल साउन १ गतेदेखि चैत्र मसान्तसम्म र दोस्रो लहरको २०७८ वैशाख १ गतेदेखि गत असार १८ गतेसम्मको सम्पूर्ण खर्च सार्वजनिक गरेको नगरपालिकाले जनाएको छ ।  

 

नगरपालिकाले पहिलो र दोस्रो लहरको कोरोना भाइरस संक्रमण रोकथामको लागि हालसम्म ४४ लाख ३७ हजार ३ सय ७३ रुपैयाँ रकम खर्च गरेको नगरपालिकाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । 

 

नगरले पहिलो चरणमा संक्रमण रोक्थामको लागि धेरै खर्च गरेको उल्लेख छ । २९ लाख ९५ हजार ८ सय ८३ रुपैयाँ पहिलो पटकको भाइरस रोक्थाममा खर्च गरेको छ ।

 

क्वारेन्टाइन्,आइसोलेन् ब्यवस्थापन (खाजा, खाना, गाडी), जोखिम खर्च, आइसोलेसन ब्यवसथापनको लागि सामाग्री, राहात वितरण, स्वाब परिक्षणको लागि भिटिएम लगाएत अन्य सामाग्री ब्यवस्थापन, होल्डिङ् सेन्टर संचालन, अत्यावश्यक स्वास्थ्य सामाग्री, औषधी व्यवस्थापन, प्रसनल  प्रोटेक्टिभ इक्युप्मेन्ट (पिपिई) सेट, कोभिड अस्पताल संचालनको लागि जनशक्तिको पारिश्रमिक र स्वाव ओसारपसार तथा अन्य ढुवाजी बापत एम्बुलेन, गाडी भाडाको शिर्षकमा २९ लाख ९५ हजार ८ सय ८३ रुपैयाँ पैसा खर्च गरेको उल्लेख छ । 

 

त्यस्तै दोस्रो चरणमा फैलिएको कोभिड व्यवस्थापनको लागि पनि नगरले क्वारेन्टाइन्,आइसोलेन् ब्यवस्थापन (खाजा, खाना, गाडी), अत्यावश्यक स्वास्थ्य सामाग्री, कोभिड–१९ ५ बेडको अस्पताल संचालको लागि जनशक्तिको पारिश्रमिक, औषधि व्यस्थापन्, आइसोलेसन, अक्सिजन लगाएत, मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई आइसोलेसनका लागि आवश्यक औषधि तथा स्वास्थ्य सामाग्री व्यवस्थापनको लागि कूल १४ लाख ४१ हजार ४ सय ९० रुपैयाँ रकम खर्च गरेको नगरले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।  

तथ्याङक हेर्नुहोस्
 

रामेछाप टाइम्स
| साउन २७, २०७८ बुधबार
रामेछाप टाइम्स
| साउन १, २०७८ शुक्रबार