रामेछापमा नेपाल टेलिकमको इन्टरनेट अबरुद्ध

सुचारु हुन समय लाग्ने

| साउन १४, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

१४ साउन, रामेछाप । रामेछाप जिल्लामा नेपाल टेलिकमको ईन्टरनेटको सुविधा अबरुद्ध भएको छ । दोलखा जिल्ला हुँदै रामेछाप ल्याइको ईन्टरनेटको फाईबर चुडिदाँ गएरातिदेखि इन्टरनेट र्पूण रुपमा अबरुद्ध भएको हो ।  जिल्लाका गएराति अविरल बर्षासंगै आएको बाढीका कारण चरिकोट हुदै रामेछाको मन्थली ल्याइएको फाइबर ब्रेक हुदाँ ईन्टरनेट तथा टेलिफोन सेवा अबरुद्ध भएको नेपाल टेलिकम जिल्ला शाखा वितरण केन्द्र रामेछापले जनाएको छ । 


नेपाल टेलिकम रामेछापले दिएको जानकारी अनुसार सेवा सुचारु हुन आजदिन भरि सम्म लाग्ने देखिएको छ । फाइबार ब्रेक भएको सिस्टम्म देखिएपनि कहाँ कति समस्या भएको पुष्टि नहुँदा समस्या भएको शाखा प्रमुख विष्णु भण्डारीले रामेछाप टाइम्सलाई जानकारी दिए । टेलिफोन सेवा भने बिहिबार बिहानदेखि रेडियोको प्रशारण लाईनबाट जोडिएकाले सुचारु भएको छ । तर, ईन्टरनेटको फाइबाट नचल्दा इन्टरनेट सेवा भने पूर्ण रुपमा अबरुद्ध छ । 


समस्या देखिएपछि बिहानै त्यस तर्फ प्राविधिक सहितको टोली खटिएको बताउदै शाखा प्रमुख भण्डारले सकेसम्म चाँडै बनाउन लागि, लागि परेको जानकारी दिए । उनका अनुसार सिन्धुली र दोलखा जिल्ला गरि दुई तर्फिबाट ल्याइएपनि दुबै तिरको फाइबारमा समस्या हुदाँ जिल्ला बासि सेवाबाट बञ्चित् भएका हुन् । 


यसरी बारम्बार सेवा अबरुद्ध हुदाँ जिल्ला बासि हैरान बनेका छन् । शाखा प्रमुख भण्डारीले मेन ट्रास्मिसन् फाइबार टुटेको भन्दै फल्डको प्रकृति हेरेर सेवा सुचारु गर्ने सक्ने अबस्था बारे भन्न सकिने बताए । तामाकोशी नदीको आसपास फाइबारमा समस्या देखिएको हुनसक्ने उनले आशंका गरे । सिन्धुलीबाट ल्याइएको भिमान् क्षेत्रमा समस्या भएको उनले सुनाए । सिन्धुली तर्फको फाइबार बन्न निकै समय लाग्ने उनले बताए । 


बारम्बार समस्या आउनुमा भौगोलिक कारण रहेको बताउदै रुट् लामो भएको कारण भएको बताए । हाल काठमाडौंबाट धुलिखेल-लामोसाँगु-मुडे-चरिकोट-तामाकोशी-मन्थली हुदै खुर्कोट-बर्दिबासको बाटोमा इन्टरनेट् प्रवाह हुदै आएको छ ।