रामेछापमा गत आर्थिक वर्षमा झण्डै ४३ किलो मिटर सडक कालोपत्रे (कुन- कुन हुन् तथ्याङ्कसहित)

| साउन १४, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

१४ साउन,रामेछाप । रामेछाप जिल्लामा गत एक आर्थिक वर्षमा ४२ किलोमिटर सडक कालोपत्र भएको छ । 


आर्थिक वर्ष २०७७/०७८ मा पूर्वाधार विकास कार्यालय, रामेछाप मार्फत कूल ४२.८२५ किलो मिटर सडकहरु कालो पत्र भएको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको, पूर्वाधार विकास कार्यालय रामेछापले रामेछाप टाइम्सलाई जानकारी दिएको छ । 


कार्यालयले दिएको जानकारी अनुसार मन्थली-साँघुटार-घोराखोरी सडक, कालोचौतारा- सिंगटी-गलभ -च्यादालु सडक उकामुण्ड, खैरेनीघाट- बेथान-गाल्वा सडक सुनापति, मन्थली मदौ-राल्टार- समालिथान सालु सकड गत आर्थिक वर्षमा कालो पत्रे भएका हुन् । 

त्यस्तै मन्थली-गाल्वा-चौरीखोला (लखनपुर) सडक, मन्थली-चनखु वडा कार्यालय सडक, सित्खा-भिरपानी-गोगनपानी-फुल्पा-धुले, मेगर्पा भदौरे हुदै भोटनागी सडक पनि गत आर्थिक वर्षमा कालो पत्र भएका छन् । 

गत वर्षमा खैरेनीघाट-राकाथुम-गाल्वा- दोरम्बा टोकरपुर -गौश्वारा सडक, सित्खा आँपचौर-रायगाउँप (चुल्ठेपानी)सडक, फुर्पु-नामाडी -बेताली- रस्नालु- ठोसे -गर्जाङ् र लखनपुर -गाल्वा मन्थली सडक गरि कूल ४२.८२५ किलो मिटर सडक कालो पत्र भएको पूर्वधार विकास कार्यालय रामेछापका सूचना अधिकारी एवं ईन्जिनियर पुरुसोत्तम महर्जनले रामेछाप टाइम्सलाई जानकारी दिए । 

तथ्याङ्क हेर्नुहोस्  कुन कुन सडक कति कति कालो पत्रे भए...........