बागमती प्रदेश सरकारले रामेछापका आठ स्थानीय तहलाई योजना सहितको बजेट छुट्यायो (कुन स्थानीय तहहलाई कति विवरणसहित)

चालु आर्थिक वर्षको लागि १ अर्ब ६८ करोड रुपैँया बजेट विनियोजन

| साउन १४, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

१४ साउन, रामेछाप । बागमती प्रदेश सरकारले रामेछाप जिल्लाको आठ वटा स्थानीय तहलाई रकम छुट्याएको छ । गृह जिल्ला रामेछापका भएका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद् ढुङ्गेलले बुधबार पत्रकार भेटघाट गर्दै जिल्लाको लागि योजनासहितको रकम छुट्याट्को जानकारी दिए । 


यसरी मन्थली र रामेछाप नगरपालिका, उमाकुण्ड, गोकुलगंगा, लिखु तामाकोशी, खाँडादेवी, दोरम्बा र सुनापति गाउँपालिकालाई सोही स्थानीय तहहरुको विकास योजना सहित रकम बाँड्फाड् गरेको जानकारी दिए । 


यसरी प्रदेशले जिल्लाको लागि चालु आर्थिक वर्षको लागि १ अर्ब ६८ करोड रुपैँया बजेट विनियोजन मन्त्री ढुङ्गेलले जानकारी दिए । 

भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत ७३ करोड ४५ लाख, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत १७ करोड ६१ लाख ५६ हजार रुपैँया विनियोजन भएको मन्त्री ढुंगेलले बताए ।
उनका अनुसार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत २ करोड ५५ लाख, सामाजिक विकास मन्त्रालय अन्तर्गत ५ करोड १६ लाख ३५ हजार, संघ सशर्त अनुदान अन्तर्गत २३ करोड १४ लाख २० हजार र प्रदेश अनुदान अन्तर्गत ४६ करोड ४७ लाख ८ हजार रुपैँया विनियोजन भएको छ ।

 

गत आर्थिक वर्षमा प्रदेशबाट जिल्लालाई ३ अर्ब ८ करोड ४९ लाख, ५८ हजार बजेट प्राप्त भएकोमा थियो ।

 

चालु तर्फ ६९ करोड ६९ करोड ५६ लाख तीन हजार १४० रुपैयाँ र पुँजीगत तर्फ २ अर्ब ४५ करोड १२ लाख ५१६ रुपैयाँ खर्च भएको छ । प्रदेशबाट प्राप्त बजेट अनुसार चालुतर्फ ८५.५२ प्रतिशत र पुँजीगत तर्फ ८९.८० प्रतिशत बजेट खर्च भएको छ ।

योजनासहितको विनियोजित रकम हेर्नुहोस् पूर्ण पाठ...... स्रोत नेकपा एमाले रामेछाप

रामेछाप टाइम्स
| साउन २७, २०७८ बुधबार
रामेछाप टाइम्स
| साउन १, २०७८ शुक्रबार