हात्तीटारमा गएकाे पहिराे पन्छाउन टाेली परिचालनः चाँडै बाटाे खुल्ने

| साउन १५, २०७८ शुक्रबार

A A A
A A A

१५ साउन,रामेछाप  । गएराति अबिरल वर्षासंगै खसेकाे पहिराेले मन्थली- खुर्काेट तर्फकाे बाटाे खुलाउन जिल्ला प्रहरी कार्यालय रामेछापबाट टाेली परिचालित् भएको छ । 

 

गएराति अन्दाजी १० : ३० बजेकाे समयमा पहिराे खस्दा सडक दुई तर्फि बन्द भएको थियाे । उक्तबाटाे राति खुलाउने प्रयास् भएपनि गेगरसहितकाे लेदाे बगिरहेकोले नसकिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकार श्रीशंकर श्रेष्ठले रामेछाप टारइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार पहिराेका कारण खुर्काेट हुदै मन्थली तर्फ आउदै गरेका माेटरसाईकलमा सवार २ जनालाई उतै (खुर्काेट तर्फ) सुरक्षित् स्थानमा पठाइएको थियाे । उनीहरु केहीछिन पहिराेले बिचल्लीमा परेका थिए ।  

 


राति पानी पनि निरन्तर परिरहेको र पहिराे पनि नराेकिएकाले शुक्रबार बिहान (अहिले) त्यसतर्फ प्रहरी टाेली जान लागेकाे बताए । अबकाे केही सयमपछि बाटाे संचालनमा आउने उनले बताए  ।  

 

जेसिब दुबै तर्फिबाट लगाएर पहिराे हटाउने उनले बताए ।