'जिन्दगी भरिको कमाइले एउटा घर बनाएको थिँए त्यो पनि भत्काउनु पर्यो अब मेरो परिवार सुकुम्बासी बन्यौ' (भिडिओसहित)

| साउन १६, २०७८ शनिबार

A A A
A A A

१६ साउन, रामेछाप । १४ जनाको परिवार निकै खुसी र सुखी परिवार थियो, माझीको । तीन तल्ले पक्की घर आफ्नो जीवनमा कमाएको सारा पैसा खर्च गरेर बनाएको थिएँ । त्यो घरमा चाडपर्व रमाइलो हुन्थ्यो । तीनवटा दसैँ, तिहार पनि त्यही घरमा मनायौं माझी सम्झिदै भन्छन् । 


रामेछाप जिल्लाको सदरमुकाम मन्थली नगरपालिक –२ मन्थली बसपार्क नजिकै, अझ भनौं देवकोटा चोक र बसपार्कलाई जोड्ने मुख्य मार्गमा पूर्खाको ६ आना जग्गामा जिन्दगीमा कमाएको सबै रकम खर्च गरेर हिराबहादुर माझीले २०७२ साल वैशाख १२ को महाविनाशकारी भूकम्पपछि भूकम्प प्रतिरोधात्मक तीन तले पक्की घर बनाए । 


घर बनाएपछि मुनिको दुई फ्लाइट् भाडामा लगाएर माथिको एक तलामा माझीको परिवार बेलाबखत बस्दै आएका थिए । पुख्र्याैली बाउ–बाजेको थलो (गाउँ) पनि नजिकै भएकाले नजिकैको पुख्र्यौउली थलोमा गाईभैँसी पालेको र खेती किसान गर्न सहज हुने भएकाले कहिले तल कहिले माथि दुई घरमा समय मिलाएर बस्दै आएका थिए । 

६ आना जग्गा रहेको मेनरोड साइड्मा बनेको तीन तले पक्की घर बनेसंँगै सबै परिवार पनि खुसी थिए । मेन रोड्मा आफ्नै जग्गा भएकाले पनि पछिको लागि राम्रो हुन्छ भनेर घर बनाएको माझी सुनाउँछन् । तर, साउन १४, २०७८ ले माझीको त्यो सपना सबै टुटाइदिएको छ । केही दिन देखिको निरन्तर वर्षाका कारण घरको भित्तोले घर एक्कसी पेलेपछि माझीको परिवार अहिले टहरो मुनि बस्न बाध्य भएको उनी सुनाउँछन् । 


“भक्कानिँदै उनी भन्छन् मेरा धेरै सपना थिए, पहिले तले घर बनाउने भनेको थिएँ, तर तलको जग्गा पास नभएकाले रोडमा आफ्नै जग्गा भएकाले घर पास पनि हुन्छ । पछिको लागि पनि राम्रो हुन्छ भनेर बनाइहालियो, अहिले यो हालत भयो । पहिले करोड पति म अहिले टहरोको बास भयो” 


हाल उनको परिवार मन्थलीकै अनुसन्धान कार्यालय नजिकै उनको पुख्र्यौली बासस्थान सानो टहरोमा बस्दै आएका छन् । दुई भाइ छोराको बिहे पनि भयो । कान्छी छोरीको यही घरबाट बिहे गरेर पठाउने धोको थियो उनी भन्छन् । 


साउन ७ गते रातिको समयमा परेको अविरल बर्षाका कारण माझीको पक्की तीन तल्ले घर चर्केको घरमा भाडामा बस्ने र आफूहरुले अनुभव गरेपछि घरको सामानहरु निकालेको उनी सुनाउछन्  । उनीहरु एक हप्ता अघिनै मैले घर भत्किएला जस्तो भयो जानु भनेर खाली गर्न लगाए उनले भने । घर भासिँदै गएको थाहा पाए लगत्तै हामीले सामानहरु झिक्यौं माझीले भने । 


साउनको पानी निरन्तर परिरहेकाले निकाल्न सक्ने सबै सामान निकालेको पीडित माझीले भने । घर ठाउँ ठाउँबाट चर्किएको र ढल्किएको थाहा पाएपछि आफूले अगाडिको सडकमा जोखिम होला भनेर प्रहरीलाई पनि खबर गरे उनी सुनाउछन् । विगतका वर्षहरु भन्दा औसत पानी परेको यो पटक १४ गते राति अन्दाजी ९÷१० बजेको समयमा जिल्ला प्रहरी कार्यालय रामेछाप प्रहरीको टोलीले पनि उक्त घर चर्केर कोल्टे परेको अवस्थामा स्थलगतपछि पुष्टि ग¥यो ।

 

घर लडेमा बाटो अवरोध हुने निष्र्कषसहित उक्त घर छेउको सडकसमेत आवत जावत्का लागि बन्द ग¥यो । साउन १५ गते बिहानै मन्थली नगरपालिकाको जेसिबी सहितको टोलीले ढल्किएर ढल्न लागेको उक्त घर भत्काएको छ । 

घर भत्किएर सडकमा पुग्ने र सम्भावित जोखिमलाई मध्यनजर गरी घर भत्काइएको हो । साउन १५ मा जिल्लाभरि परेको अविरल वर्षाले धेरै क्षती पु¥याएको छ । 


माझीले आफू बस्ने भन्दै निकै मेहेन्त गरेर आफैँ बसेर उक्त घर निमार्ण गरेको सुनाउँछन् । त्यो समयमा म हुलाकमा काम गर्थे, धेरै मेहेनत गरेर त्यो घर बनाएको थिए । रहर पनि थियो धेरै । बनाएको घर भत्काउनु परेको दुखेसो गर्दै माझी सुनाउछन् अरु केही दुखेसो छैन बस म बसेको कटेजको जग्गा दर्ता गरिदिए हुन्थ्यो उनी भन्छन् । 

https://www.facebook.com/ghimimiremilan2018/videos/185589030277105