सुनकोशी २ जलविधुत आयोजनाः मन्थलीमा माझी समुदायको आयोजना खारेजीको माग गर्दै प्रर्दशन, सार्वजनिक सुनुवाई स्थगित (फोटोफिचर)

| साउन १७, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

१७ साउन, रामेछाप । सुनकोशी २ जलविधुत आयोजना खारेजीको माग गर्दै रामेछापको सदरमुकाम मन्थलीमा माझी समुदायले प्रर्दशन गरेका छन् । 

 

आइतबार बिहान मन्थलीमा उनीहरुले आयोजना कुनै पनि हालतमा अघि नबढाउन माग गर्दै मन्थली बजारमा प्लेकार्ड र विभिन्न ब्यानरसहित प्रर्दशन गरेका हुन् । उनीहरुले आफूहरुको पूर्खाको थाकथलोबाट हटाइन लागेको भन्दै चिन्त ब्यक्त गरेका छन् । आफूहरुको भाषा ,धर्म,  संस्कृति, परम्परा पैसामा बेच्न नसक्ने भन्दै उनीहरुले आयोजना कुनै पनि हालतमा अगाडि नबढाउन माग गरेका छन् । 

आयोजनाको काम नरोकिएको चरणबद्ध आन्दोलन् गर्ने नेपाल माझी उत्थान संघले चेतावनी दिएको छ । 

 

आयोजनाको आज मन्थलीमा वातावरण प्रभाव मूल्याङ्कन अध्ययन बारे छलफल थियो । माझी समुदायले आयोजना खारेजीको माग गर्दै आयोजनालाई विज्ञप्ति बुझाएपछि आजको मन्थलीको छलफल स्थगित गरेको आयोजनाका पदादिकारी शुभाष थपलियाले बताए ।