सुनकोशी २ जलविधुत आयोजना कुनै पनि हालतमा अगाडि नबढाउन सांसद् माझीको चेतावनी (भिडिओ)

| साउन १७, २०७८ आइतबार

A A A
A A A

१७ साउन,रामेछाप । बागमती प्रदेशकी सांसद् रिता माझीले सुनकोशी २ जलविधुत आयोजना कुनै पनि हालतमा अगाडी नबढाउन आयोजनालाई चेतावनी दिएकी छन् । उनले भनिन् यो आयोजना कुनै पनि हालतमा अगाडी नबढोस्, यदी हाम्रो मागलाई व्यवस्था गरेर अगाडी बढ्छ भने सिंगो माझी समुदायले चरणबद्ध आन्दोलन् गर्नेछौं । यसको परिणाम जे पनि हुन सक्छ ।  

 


आइतबार सुनकोशी २ जलविधुत आयोजना खारेजीको माग गर्दै रामेछापको सदरमुकाम मन्थलीमा भएको विरोध प्रर्दशनलाई सम्बोधन गर्दै प्रदेशको समानुपाति सांसद् माझीले देशैभरिका माझीहरुको एक मात्रै मुख्य पेशा, धर्म, संस्कृतिमान्ने माझी मन्थलीमा रहेको उल्लेख गर्दै यो आयोजनाले त्यो सबै सखाप पार्न लागेको बताइन् ।

 

उनले रामेछापका सबै ठाउँका माझी समुदायसहित अन्य समुदायलाई समेत आयोजनाले विस्थापित् गर्ने जिकिर गरिन् । 

 


उनले मन्थलीका माझीले ऐतिहासिक महत्व रहेको बताउदै आयोजनालाई सुम्पिन नसकिने बताइन् । यो आयोजनाले तामाकोशी नदीको अस्तित्वनै समाप्त गर्ने बताइन् । 
यो आयोजनाले समग्र मन्थलीबासीलाई डुबाउने भन्दै सबै सचेत हुन आग्रह गरिन् ।