रामेछापमा गत आर्थिक वर्षमाः २६६ उधोग नविकरण, २४ खारेज, दर्ता गर्ने घटे (तथ्याङ्क)

एक करोड ६१ लाख ३७ हजार ५ रुपैयाँ राजस्व संकलन्

| साउन १८, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

रामेछाप । जिल्लामा गत आर्थिक वर्ष २०७८/०७८ मा २ सय ६० बढी उधोग नविकरण भएका छन् । विगका वर्षाहरु भन्दा नविकरण तथा दर्ता गर्नेको संख्यामा कमी आएको जिल्ला घरेलु तथा साना उधोग कार्यालय रामेछापले जानएको छ । 


गत  आर्थिक वर्ष २०७७/०८७ मा कूल २६६ वटा उघोग नवनिकरण भएको जिल्ला घरेलु कार्यालयलका सूचना अधिकारी निरोज खड्काले रामेछाप टाइम्सलाई जानकारी दिए । उनका अनुसार ३०९ वटा विभिन्न उधोगमा २६६ वटा उधोगले मात्रै नविकरण गरेका हुन् । नविकरण तथा दर्ता गर्नेको संख्यामा कमी आएपनि राजस्वमा भने वद्धि भएको उनले बताए । गत आर्थिक वर्षमा घरेलु कार्यालयले एक करोड ६१ लाख ३७ हजार ५ रुपैयाँ राजस्व संकलन् गरेको छ ।  

 

त्यस्तै एक आर्थिक वर्षमा १८ वटा उधोगको नामसारी गरिएको छ । भने कूल ५ उधोगको ठाउँसारी भएको छ । 


त्यस्तै २४ वटा उधोगहरु खारेजी भएको खड्काले रामेछाप टाइम्ससंग बताए । स्थानीय तहहरुबाट समेत संस्था दर्ता खारेजी, नविकरण हुने व्यवस्था भएका कारण दर्ताको संख्या घरेलुमा घरेको उनले बताए । 

तथ्याङ्क हेर्नुहोस्