रामेछापमा ४३ हजारले मात्रै कोरोनाको खोप लगाएः पहुँचका आधारमा विरतण हुँदा लक्षित समुदायले पाउनै मुस्किल

| साउन २०, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

२० साउन,रामेछाप । रामेछाप जिल्लामा मंगलबारसम्म करिव ४४ हजारले मात्रै कोरोना भाइरस संक्रमण बिरुद्धको भ्याक्सिन अर्थात खोप लगाएका छन् । जिल्लामा कोरोना भाइरस संक्रमणबाट जिल्ला बाहिर र भित्र गरि हालसम्म ४४ जनाको कोरोनाका कारण ज्यान् गैसकोको अवस्थामा खोप सुरु भएतादेखि हाल सम्म ४३ हजार ८ सय ५१ जनाले मात्रै खोप पाएको जिल्ला अस्पताल रामेछापले जनाएको छ । 

 

नेपाल सरकारबाट प्राप्त कोभिशिल्ड, भेरोसेल र जोन्सन् एण्ड जोन्सनको कोरोना भाइरस संक्रमण बिरुद्धका खोपहरु प्रयोग भैरहेकोमा हालसम्म न्युनमात्रैले खोप पाएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय समेत रहेको जिल्ला अस्पतालले मंगलबार  जारी गरेको विज्ञप्तीमा सबै भन्दा धेरैले कोभिशिल्ड खोप लगाएको उल्लेख छ । जसमा २१ हजार ५ सय ३३ जनाले यो खोप पाएका छन् । त्यसमा पनि कतिपयले दोस्रो पटक लगाउनु पर्ने खोपको मात्रै लगाउन बाँकि रहेको छ । 

 

त्यस्तै भेरोसेल खोप १४ हजार ७ जनाले लगाएका छन् भने साउन महिनादेखिनै जिल्लामा प्रयोगमा ल्याइएको जोन्सन् एण्ड जोन्सनको खोप ८ हजार ३ सय ११ जनाले लगाएका छन् । यो खोप एक डोज मात्रै लगाए पुग्ने भनिएको छ । 


सुरुवाती चरणमा आम समुदायलाई खोप लगाउन केही समस्या भएको थियो भने हाल खोपको मात्रै लगाउ चहानेको संख्या आमसमूदायमा धेरै बनेको तर खोप पाउन नसकेको गुनासो जिल्लाबासीको छ । उमेर समूह छनोट भएर आउने खोप पनि पहुँचका आधारमा मात्रै विरतण हुने गरेको स्थानीयको गुनासो छ । यसरी खोप वितरण हुदा पाउनु पर्ने खोप पाएका छैनन् भने राजनीतिक पहुँच भएकाहरुका छोरा, छोरी, भाईभतिजा, आफन्तीहरुमा खोपको दूरुपयोग हुदै आएको छ । 

 

सरकारले आगामी असोजको दोस्रो हप्तादेखि कोरोना भाइरसको तेस्रो लहर आउने भनेको छ । त्यसको लागि जिल्लामा कुनै तयारी समेत हुन सकिरहेको छैन् । मानिसहरुको भिड्भाड्ले पछिल्लो केही दिन यता संक्रमितको दर जिल्लामा बड्दै गएको छ । तर, सावधानी भने शून्य देखिन्छ । 

 

जिल्लामा अहिले पनि २ सय भन्दा बढी सक्रिय संक्रमित छन् । हाल २५६ जना कोरोनाका संक्रिय संक्रमित् रहेको जिल्ला अस्पताले रामेछापले मंगलबार जारी विज्ञप्तिमा उल्लेख गरेको छ । भने जिल्लाका आठ वटा स्थानीय तहका विभिन्न अस्पतालबाट ३४ जना थप उपचारको लागि काठमाडौं लगाएका अस्पतालमा रेफर भएका छन् । 


२ हजार ४ सय ९९ जना भने कोरोना भाइरस संक्रमणबाट मुक्त बनेका छन् । 

जिल्लाभरि हाल ६० वटा क्वारेन्टिन बेडको संख्या संचालनमा रहेको छ । १६८ वटा आइसोलेसन छ । पछिल्लो समय होमआइसोलेसनमा बस्नेको संख्या जिल्लामा बढी छ । २१३ जना होमआइसोलेसनमा बसेका छन् भने ४१ जनामात्रै संक्रमितहरु संस्थागत् आइसोलेसनमा छन् । २ जना बिरामीहरुको अहिले आइसियूमा उपचार हुदै छ । 
तथ्याङ्क हेर्नुहोस्