'संघीयता घाँडो भयो भन्नेहरुले बागमती प्रदेशले गरेको काम हेरे हुन्छ'-मन्त्री फुयाँल

| साउन २०, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

२० साउन, रामेछाप । बागमती प्रदेशका भौतिक पूर्वाधार तथा योजना मन्त्री रामेश्वर फुयालले प्रदेश सरकारको केही कमी कम्जोर भएमा खबरदारी गरिदिन आग्रह गरेका छन् । उनले भने 'निर्माण व्यवसायिले गरेका विभिन्न काममा समस्या देखियो भने त्यसलाई असल जनताले गर्ने दायित्व सम्झेर खबरदारी गर्नुहोस्। त्यो भन्नुहोस्, जनताले पनि सचेत हुनु पर्छ । हामी त्यसलाई सुधारन तत्पर छौं । प्रदेश सरकार तयार छ ।'


रामेछापमा सडक उत्घाटन एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोरोना संक्रमणबाट बचाउन केपी शर्मा ओली सरकारले पुग्ने खोपको व्यवस्था गरेको भन्दै अहिलेको सरकारले पनि चाडो भन्दा चाँडो सबै नागरिकालाई खोप दिने व्यवस्था गर्न आग्रह गरे । उनले 'जनताको आदेश मान्ने आफूहरु भएको भएपनि अहिले प्रमादेशको आदेश मानेर अगाडी बडेको छौं भने ।' 

उनले प्रदेश सरकार प्रदेशको विकासको लागि नितन्तर लागि परेको छ भने । राजस्व तीर्ने काम अन्लाईबाट गरेका छौं ।'

 
केपी शर्मा ओलीको सरकारले सुरुङ् युगको थलानी गरेको भन्दै प्रदेश सरकारले पनि प्रदेशले पनि त्योजना अगाडी बढाउने बताए । 'शुसासनको प्रदेश भनेको बागमती प्रदेश हो । देश अहिले सुरुङ् युगमा प्रवेश गरेको छ भने ।'

 


उनले यो वर्ष प्रदेशले एक घर एक धारा योजना अगाडी बढाएको बताउदै एक सय वटा सिंचाई योजना प्रक्रिया अगाडी बढाएको बताए । 'एक सयवटा सिंचाई अगाडी बढेको छ । बागमती प्रदेश सरकारले गरेको काम देखेर संघीयताको खाँचो छ भन्ने पुष्टि हुन्छ । ५ वर्षमा देखिने उपलब्धि देखिने गरि काम गरेका छौ भने।'