'एमालेको टाउकोमा घनले हान्नेलाई एमालेमा ठाउँ छैन्'- कैलाश ढुङ्गेल

| साउन २१, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

२१ साउन, रामेछाप । एमालेका केन्द्रिय सदस्य एवं एमाले रामेछाप जिल्ला ईन्चार्ज कैलाश ढुङ्गेलले एमालेको टाउकोमा घनले हानिएको टिप्पणी गरेका छन् । उनले एमाले सरकारले गरेको विकासको लहरमाथि अंकुश लगाउन एमालेको टाउकोमा घनले हानेको बताए । यस्तो काम गर्नेलाई एमालेमा ठाउँ नरहेको उनको भनाई छ ।

 


रामेछापको सदरमुकाम मन्थलीमा एक कार्यक्रमलाई सम्बोधन् गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका नेता ढुङ्गेलले 'एमालेको सरकारले पुल बनाउछ, चिस्यान केन्द्र खोल्छ, अक्सिजन प्लान्ट बनाउछ, अस्पताल बनाउछ अनि सबै काम केपी ओली सरकारले गर्छ । अनि मान्छे बिरोधको लागि ओली सरकारले कामै गरेन रुमालले मुख छोपेर हिड्नु पर्ने भयो । ओली सरकसर ४ वर्ष, ५ वर्ष,१० वर्ष रहने भनेत कसको सरकार बन्छ र हामी त बिच्चली हुने भयौ, भनेर केही त्यसता मान्छेले एमालेको टाउकोमा घन्ले हानीयो भने एमाले अचार हुन्छ । अनि हामी सरकारमा जान पाउछौं भनेर केही मान्छेले एमालेको टाउकोमा घन्ले हाने । अब त्यस्ता मान्छेलाई एमालेमा ठाउँ छैन् भने ।' 

 

उनले रामेछापमा भएको विकास निर्माणमा गुणस्तरियताको प्रश्न उठेको भन्दै भएका कमिकम्जोरीलाई आजैदेखि समिति बनाएर अनुसन्धान गर्ने बताए ।