अपडेटः बारुलाकाे चाका पाेल्न बच्चाले सल्काएकाे आगाे घरमा सल्किदाँ सैपुमा तीन घर नष्ट

| साउन २१, २०७८ बिहिबार

फोटो फाइल
A A A
A A A

२१ साउन,रामेछाप  ।  बच्चाले बारुलाकाे चाकाे जलाउन आगाे सल्काउदा आगाेलागी हुँदा लिखु तामाकोसी गाउँपालिका सैपुमा  तीन घर जलेर नष्ट भएका छन् । 


घरनजिकै लगाएको बारुलाकाे चाकाे पाेल्नकाे लागि बिहीबार दिउँसो बच्चाले आगाे सल्काउँदा कृषक चन्द्र बहादुर पौडेलघरसहित तीन घर जलेर नष्ट भएको वडा अध्यक्ष पदम तामाङले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार आधुनिक रुपमा बाख्रा पालन गर्दै आएका पाैडेलकाे  घरमा आगाे लागकाे हाे । पाैडेलले ४६ वटा बाख्रा पालेका छन् । 

 

आगाेलागीमा परि पाैडेलकाे नगद ४० हजार सहित तीन वटा घर, लत्ताकपडा, अन्दाजी ५० मुरी जति अन्नाबाली जलेर नष्ट भएको वडा अध्यक्ष तामाङले रामेछाप टाइम्सलाई बताए  । 

 

आगाेलागीमा परि घरबास गुमाएका पाैडेलकाे परिवारलाई वडाबाट  तत्कालकाे लागि केही खाद्यान्न सामाग्री र त्रिपाल प्रदान गरिए वडा अध्यक्ष तामाङले बताए  । 

 

आगाे  भने नियन्त्रणमा लिएको छ ।  व्यवसायीक रुपमा बाख्रा पालन गर्दै आएका पाैडेलकाेे आधुनिक बाख्राकाे खाेर जलेसंगै बाख्रालाई राख्ने ठाँउकाे समस्या भएको उनले बताए  ।