रामेछापमा मास्क नलगाई हिडेमा "कोभिड-१९ व्यवस्थापन अध्यादेश २०७८ अनुसार कार्वाही हुन्छ"-रामेछाप प्रहरी

| साउन २२, २०७८ शुक्रबार

फाइल फोटो जिल्ला प्रहरी कार्यालयबाट प्राप्त
A A A
A A A

२२ साउन, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले “तपाईको मास्क खोई रु ” कार्यक्रमलाई निरन्तरता दिएको छ । 

 


शुक्रबार सदरमुकाम मन्थली बजारमा जिल्ला प्रहरी कार्यालय रामेछापको प्रहरीको टोलीले माइकिङ् गर्दै कोरोना महामारीबाट बच्नको लागि सचेतनासहित "तपाईको मास्क खै कार्यक्रम" गरेको हो । 

 

जिल्लामा प्रहरीले कोरोना सुरु भएता यो कार्यक्रम पटक-पटक गर्दै आएको छ । 

 

मन्थलीमा कोभिड-१९ भाइरस नियन्त्रण तथा रोकथामको लागी मास्क नलगाई हिड्ने सर्वसाधारणहरुलाई माक्स वितरण गर्दै मास्क नलगाई हिडेमा "कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कार्वाही गरिनेछ भनी सचेत समेत गराएको छ । 

 

जिल्लामा हाल कोरोना रोकथाम समिति (डिसिसिएमसी) को बैठकले जारी गरेको स्वास्थ्य मापदण्डको चौतर्फि उल्लङ्घन भैरहेको छ । 

 

मास्को समेत प्रयोग गर्ने मानिसहरुले छाडिसकेका छन् ।