रामेछापमा पहिलो पटक ५ सय जनाबढी जेसिज अभियान्ताहरुको क्षेत्रगत सम्मेल असोजमा हुदै

पूर्व तयारको लागि समिति गठन

| साउन २३, २०७८ शनिबार

फोटो जेसिज ज्ञानु श्रेष्ठबाट प्राप्त
A A A
A A A

२३ साउन, रामेछाप । नेपाल जेसिजको क्षेत्र ग सम्मेलन आगामी असोज १ र २ गते रामेछापको सदरमुकाम मन्थलीमा हुने भएको छ । उक्त सम्मेलन रामेछाप जेसीजको आतिथ्यमा हुने रामेछाप जेसिजले जनाएको छ । नेपाल जेसिजको केन्द्रीय समितिको बैठकले नेपाल जेसिजको क्षेत्र ग सम्मेलन आगामी असोज १ र २ गते रामेछापको सदरमुकाम मन्थलीमा गर्ने निर्णय गरेसगै रामेछाप जेसिज सम्मेलनको तयारी सुरु गरेको रामेछाप जेसिजले जनाएको छ । रामेछाप जेसिजले पहिलो चरणमा मातृ शाखा धुलिखेलका पूर्व अध्यक्ष एवं नेपाल जेसिजको पूर्व राष्ट्रिय उपाध्यक्ष समिरव्यञ्जु श्रेष्ठको उपस्थितिमा विभिन्न १७ विभागीय समिति गठन गरेर काम शनिबारदेखि तयारी सुरु गरेको जनाएको छ ।

 

 
उक्त विभागीय समितिहरुमा आर्तिक संयोजक गुणराज भट्टराई ९आकाश०,स्मारिका प्रकाशन संयोजक रामहरि सापकोटा,प्रचारप्रसार संयोजक ज्ञानु श्रेष्ठ , होटल व्यवस्थापन संयोजक कुमार श्रेष्ठ, रजिस्टेसन संयिजक संगिता श्रेष्ठ, शान्ति पदयात्रा संयोजक विमल पौडेल, कीट ब्याग संयोजक सैलजा ढुङ्गेल, खाना व्यवस्थापन संयोजक सन्तोष भट्टराई, मञ्च निर्माण तथा हल व्यवस्थापन संयोजक यादव केसी, मनोञ्जन तथा साइड सिन व्यवस्थापन संयोजक धिरज खत्री, स्वागत गेट सजावट संयोजक नारायण थापा,स्वागत सम्मान संयोजक विपना थापा,तालिम तथा सेमिनार संयोजक सरस्वती राय, मायाको चिनो व्यवस्थापन संयोजक प्रमिलन सापकोटा,उत्घाटन समारोह संयोजक प्रज्वोल बुढाथोकी र सम्मेलन प्रवद्वन संयोजक गोपाल खड्का रहेका छन् ।


बैठकले रामेछाप जेसिजका पूर्व अध्यक्ष एवं पुर्व केन्द्रीय सदस्य प्रदिप बस्नेतको संयोजकत्वमा ५ सदस्यीय सम्मेलन सल्लाहकार समिति गठन गरेको छ । उक्त सल्लाहकार समितिमा मन्थली क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रध्यापक गुञ्ज श्रेष्ठ, उद्योग वाणिज्य संघ रामेछापका पूर्व अध्यक्ष श्याम थापा , पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाघरे र रामेछाप जेसिजका पूर्व अध्यक्ष राजकुमार खत्री रहेका छन् । 

 

नेपाल जेसिजको सम्मेलन रामेछापमा पहिलो पटक हुन लागेको आयोजकले जनाएको छ । रामेछापको व्यापार, पर्यटन तथा पहिचान प्रवद्धनमा टेवा पुर्योउने उदेश्यले संचालन गर्न लागिएको उक्त सम्मलेनमा नेपाल जेसिजको क्षेत्र ग अर्न्तर्गतका ३५ वटा शाखा सहभागी हुने छ भने नेपाल जेसिजमा आबद्ध ५ सय भन्दा बढी देशभरका जेसिज अभियान्ताहरुको सहभागिता रहने रामेछाप जेसिजका अध्यक्ष जीवन कार्कीले जानकारी दिएका छन् ।


सम्मेलनमा स्थानीय झाकी, रामेछापका पर्यटकीय स्थानहरु झल्किने तस्बिर प्रदर्शन, सम्मेलनमा सहभागी अतिथिलाई जिल्लाको धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गराउने कार्यक्रम समेत रहेको अध्यक्ष कार्कीले जानकारी दिए । सम्मेलन सफल पार्न जिल्लाका सबै पक्षसँग सहयोगका लागि कार्कीले अनुरोध गरेका छन् ।
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार