रामेछाप अस्पताल आइपुग्यो प्रदेश सरकारले पठाएको पिसीआर मेसिनः अब एकै दिनमा रिपोर्ट आउने (फोटोफिचर)

| साउन २४, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

२४ साउन,रामेछाप । रामेछाप जिल्लामा पहिलो पटक पिसिआर मेसिन आइपुगेको छ । लामो समयको जिल्लाबासीको पर्खाइपछि मेसिन बल्ल जिल्ला अस्पताल रामेछापमा आइपुगेको जिल्ला अस्पताल रामेछापले जनाएको छ । 

 

कोरोना महामारी सुरु भएको निकै लामो समयपछि मात्रै जिल्लामा पिसीआर मेसिन राख्न लागिएको हो । चीनको वुहानबाट गत डिसेम्बरयता सुरु भएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालमा पहिलो पटक माघ १० गते (जनवरी २४) २०७६ मा पुष्टि भएको थियो ।


तत्कालिन समयमा नेपालमा संक्रमणदेखिएकाहरुको स्वाब संकलन गरि अन्यदेशमा परिक्षण गर्ने पठाइएको थियो । त्यसपछि नेपालमा कोरोना भाइरस संक्रमणदैनिक देखिन थालेपछि नेपालमै पिसिआर मेसिन स्थापना गरि स्वाब परिक्षण गरिदै आएको छ । अहिले सातै प्रदेशसहित जिल्ला, नगरपालिका तथा गाउँपालिकामा समेत पसिआर मेसिन संचालन गरिसेको अवस्थामा बागमती प्रदेश भित्रकै रामेछाप जिल्लामा भने भरखरै मात्र पिसीआर मेसिन राख्न लागिएको छ । जिल्लामा पिसिआर मेसिन राख्न नसकेको भन्दै स्थानीयहरुले सम्बन्धित निकाएको चौतर्फी आलोचन गरिरहेका छन् । 


पिसीआर मेसिन आइतबार मात्रै जिल्ला अस्पताल रामेछापमा झरेको जिल्ला अस्पताल रामेछापका जनस्वस्थ्य अधिकृत भुवन थापाले रामेछाप टाइम्सलाई जानकारी दिए । उनले भने 'आज बिहान मात्रै मेसिन झर्यौ । संचालनमा आउनको लागि ईन्जिनियरहरुको टोली आउनु पर्छ । हामी त जति सक्दो चाँडो संचालन् हो भन्ने पक्षमा छौ ।'

 

यसअघि मकवानपुरको हेटौँडा, नुवाकोटको त्रिशूली, भक्तपुरको भक्तपुर अस्पताल र सिन्धुलीको सिन्धुलीमाडी अस्पताल, दोलखाको चरिकोट अस्पताल लगाएतका जिल्लाहरुमा छ महिना अघिनै पिसीआर मेसिन संचालन गरिसेका छन् । जिल्लामा पिसीआर मेसिन नहुदाँ दोलखा, सिन्धुली, धुलिखेल र काठमाडौंका विभिन्न अस्पलाहरुमा स्वाब संकलन गरि लगिदै आएको थियो ।

 

यसरी पठाउदा रिपोर्ट आउन एक हप्ता सम्म लाग्दा जिल्लामा कोरोना संक्रमण फैलिएको स्थानीहरुको भनाई । तत्कालिन समयमा १०-१२ दिन सम्म पनि रिपोर्ट नआउदाँ स्वाब दिएर बस्नेहरुले संयमता नअप्नाउदाँ कोरोना फैलिएको थियो । जिल्लामै पहिलो पटक पिसीआर मेसिन संचालनमा आउने भएसंगै यी समस्या हट्ने भएको छ । 

 


'जनस्वास्थ्य अधिकृत थापाले रामेछाप टाइम्ससंगै भने अब यी समस्या सबै हट्ने छन् । रिपोर्ट जतिसक्दो चाँडो आउछ । त्यसको लागि हामी तिवृ तयारी गरिरहेका छौं । जिल्ला अस्पतालमा रहेको नयाँ तयारी भवनमा अक्सिजनसहितको पिसीआर मेसिन संचालनमा आउने छ । '


वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले कोभिड–१९ सङ्क्रमणको तेस्रो लहरको सम्भावित जोखिमलाई तत्काल न्यूनीकरण र उपचार सेवालाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेशका १३ जिल्ला अस्पतालमध्ये ८ वटाको अस्पताल परिसरमा वृहत अक्सिजन प्लान्ट जडान गर्ने कार्य स्वरुप जिल्ला अस्पतालमा पनि मेसिन ल्याइएको हो । 


प्रदेशका ८ वटा जिल्ला अस्पताललाई वृहत अक्सिजन प्लान्ट जडान गर्न बोलपत्र आह्वान भई करीब रु पाँच करोड ५० लाख प्रदेश सरकारको लगानीमा मेसिन खरीद गरी ल्याएको हो । 


यो पकट बागमती प्रदेशका धादिङ, काभ्रे, रसुवा, रामेछाप, ललितपुर, काठमाडौँ र चितवन जिल्लाका सरकारी स्वामित्वमा रहेका अस्पतालमा कोभिड सङ्क्रमण रोगीका उपचार कार्यलाई सहजीकरण गर्न उदेश्यले अक्सिजन प्लान्ट, पीसीआर प्रयोगशाला, सघन उपचार कक्ष र भेन्टिलेटर उपकरण उपलब्ध गराउने भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तमराज सेढाइँले बताए ।

उनले प्रदेश सरकारले बजेट विनियोजित गरी बोलपत्रको माध्यमबाट उपकरण जडान गर्ने कार्यको तयारी भइसकेको बताए ।