सुकाजोर खोलाबाट अबैध रुपमा बालुवा, गिट्टी ओसार्ने तीन वटा ट्याक्टर रामेछाप प्रहरीको फन्दामाः५-५ हजार जरिवाना तीराइयो

| साउन २५, २०७८ सोमबार

फाइल फोटो जिल्ला प्रहरीको फेस्बुकबाट साभार
A A A
A A A

२५ साउन,रामेछाप । सुकाजोर खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने तीन वटा ट्याक्टर जिल्ला प्रहरी कार्यालय रामेछापको कारबाहीमा परेका छन् ।

 

सोमबार दिउँसप अन्दाजी ३ बजेको समयमा मन्थली नगरपालिका वडा नं १, सुकाजोर खोलाबाट अवैध रूपमा बालुवा, गिट्टी ओसारपसार गर्न लागेको अवस्थामा प्रदेश नं ३-०३-००१ त २१३६ नम्बर, ज १ त ६६६१ नम्बरको र अर्को एक ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए । 

 


जिल्ला प्रहरी कार्यालयबाट खटीएको गस्ती प्रहरी टोलीले ती ट्याक्टरहरु फेला पारेको हो । 


नियन्त्रणमा लिकाएका तीनवटै ट्याक्टरलाई प्रत्येक ट्याक्टरलाई रू।५ हजारका दरले कारवाही गरि आवश्यक कारवाहीको लागि मन्थली नगरपालिकामा पठाइएको प्रहरी अधिकारी श्रेष्ठले बताए । उनले अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन तथा चोरी निकासी गर्नु कानुनत दण्डनीय भएको भन्दै त्यस्तो कार्य नगर्ने समेत सचेत गराएका छन् ।