रामेछापमा विधुत आपूर्तीमा समस्या भएको भन्दै सरकारको ध्यानार्षण

| साउन २७, २०७८ बुधबार

A A A
A A A

२७ साउन, रामेछाप । रामेछाप जिल्लामा विधुत् आपूर्तीमा भएको समस्या बारे प्रतिनिधि सभामार्फत सरकारको ध्यानाकर्षण गराइएको छ । 

 


मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै रामेछापबाट प्रतिनिधित्व गर्ने सांसद् श्यामकुमार श्रेष्ठ 'कुशल'ले जिल्लामा एक महिनादेखि विधुत आपूर्तीमा समस्या भएको भन्दै तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गरे । पटक-पटक नागरिहरुले सास्ति खेप्नु परेको भन्दै सांसद् श्रेष्ठले बालबालिकाहरुलाई पठनपाठनमा समस्या भएको बताए । 

 

उनले ढलकेबार-लामोसाँगुबाट विधुत् सप्लाई गर्दा समस्या भएको भन्दै समस्याको हाल गर्ने तत्काल मन्त्रालयको ध्यानाकर्षण गरे ।

 

जिल्लामा करिव एक महिनादेखि विधुत् आपूर्तीमा समस्या छ । उनले किर्ने सबस्टेसनबाट विधुत जोडी समस्या समाधान गर्ने आग्रह गरे । 


त्यस्तै साँघुटार, दोरम्बा, राकाथुम, ठोसेको सबस्टेसन तत्काल निर्माण सकाउन पनि ध्यानाकर्षण गरे ।