मन्थली नगरपालिकाले नगरका प्रत्येक वडाका १६ जना विद्यार्थीलाई विज्ञान विषय पढ्नको लागि छात्रवृती दिने

| साउन २७, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

रामेछाप । मन्थली नगरपालिकाले १६ जना विद्यार्थीलाई कक्षा ११ मा विज्ञान विषय पढ्नको लागि रकम उपलब्ध गराउने भएको छ । १ नम्बर वडाबाट भने २ जना पर्ने छन् । 

 

 
नगरपालिकाको वार्षीय कार्यक्रम अन्तर्गत कक्षा १० मा उच्च जिपिए ल्याएर उतिर्ण गरेका नगरपालिका भित्रका विद्यार्थीहरुलाई छात्रावृत्रि रकम स्वरुप रकम उपलब्ध गराउने निर्णय गरेको हो । 

 

नगभित्रका १४ वडाबाट एक-एकजना पर्ने गरि मन्थली माध्यामिक विद्यालयमा पठनपाठन गर्ने सर्तमा सो छात्रवृति उपलब्ध गराउने नगरको ४९ औं बैठकले निर्णय गरेको हो । त्यसको लागि मन्थली मावि र मन्थली नगरपालिकाबीच समन्वय समेत भैरहेको मन्थली माविका प्रधानध्यापक टंक प्रसाद दाहालले बताए । 

 

यो पनि पढ्नुहोस्-मन्थली नगरपालिकाले यी ६ जना प्राकृतिक विपत्तिमा परेका पीडितको नाम जिल्ला दैवीप्रकोप उद्धार समितिमा सिफारिस गर्यो (निर्णयसहित)


मन्थली नगरपालिकाले विज्ञान विषयमा विद्यार्थीको आकर्षण बढाउनको लागि पूर्ण छात्रवृति दिने निर्णय गरेको हो । 


त्यस्तै नगरपालिकाले अनलाइनबाट सिकाइ प्रक्रियालाई सम्भब भएसम्म अझै फराकिलो बनाउने, सीयूजीको प्रयोगलाई प्रभाकारी रुपमा कार्यान्वनमा ल्याउन कन्फ्रेन्स कलमा जोड दिने, परियोजना कार्यमा आधारित गृहकार्य बालबालिकाहरुको घरघरमा पुग्ने र त्यसको मूल्यांकन र पृष्ठपोषण दिने व्यबस्था गर्ने,पाठ्यपुस्तकमा भएका सिकाइका क्षेत्रहरुलाई विषयगत शिक्षकहरुको समूह बनाई त्यसलाई सरलीकरण गरी बालबालिकाहरुले बुझ्ने बनाउदै उनीहरुको पहुँचमा पुर्याउन प्रयास गर्ने, बालबालिका रहेको टोलमा उच्च शिक्षा हासिल गरेका युवापुस्ता वा अवकाशप्राप्त शिक्षकहरूलाई बालबालिकाहरुको सिकाइ सहजीकरणमा उपयोग गर्ने, जारी शैक्षिक सत्रको आईएमआईएसलाई अबिलम्ब अपडेट गर्ने तयारी पनि गरेको नगरपालिकाले जनाएको छ ।