पत्रकार युवराज श्रेष्ठ नगदसहित सम्मानित्

| साउन २७, २०७८ बुधबार

फाइल फोटो सुमित श्रेष्ठको फेस्बुकबाट साभार
A A A
A A A

२७ साउन,रामेछाप । पत्रकार युवराज श्रेष्ठ नगद् पुरस्कारसहित सम्मानित् भएका छन् ।

 

जनजाती पत्रकार महासंघ (फोनिज) को २७ औं स्थापना दिवसको अवसरमा बुधबार जिल्ला शाखा रामेछापले खाँडादेवी गाउँपालिकाको सहकार्यमा खाँडादेवी गाउँपालिकाको कार्यालयमा आयोजना गरेको कार्याक्रममा नेपाल पत्रकार महासंघ रामेछापका कोषाध्यक्ष समेत रहेका श्रेष्ठ  सम्मानित् भएका हुन् ।  उनलाई नगद् ५ हजारसहित प्रमाण पत्र र दौसल्लाह ओडाएर सम्मान गरिएको हो । 

 


लामो समयदेखि पत्रकारीता पेशामा आबद्ध श्रेष्ठ रेडियो झंकारका स्टेसन् म्यानेजर हुन् भने न्युज २४ नेपालका जिल्ला संवाददाता रहेका छन् ।

 

 

त्यस्तै श्रेष्ठ जिल्लाबाट संचालनमा रहेको मेरो प्रदेश डट कम अन्लाईनमा पनि आबद्ध छन्। 


बुधबार फोनिजले आफ्नो स्थापना दिवसको अवसरमा खाँडादेवी गाउँपालिकामा ओपचारिक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम अहिले पनि भैरहेको छ । 
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार