अन्तराष्ट्रि युवा दिवस यसरी मनाइयो रामेछापमा (फोटोफिचर)

| साउन २८, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

२८ साउन, रामेछाप । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा रामेछापमा तपाईको मास्क खै कार्यक्रम गरि मनाइएको छ । बिहिबार विश्व अन्तराष्ट्रिय युवा दिवस विश्वभरी विभिन्न कार्यक्रम गरि मनाईदै छ । तर, कोरोना महामारीका कारण विश्वमा ठूला औपचारीक कार्यक्रम भने आयोजना गरिएको छैन् । भौतिक दूरीको पालना गरि सिमित् व्यक्तिहरुको उपस्थितिमा दिवसलाई सांकेतिक रुपमा मनाईने बताइएको छ ।

 

रामेछापमा पनि भौतिक दूरीको पालना गर्दै कार्यक्रमलाई सिमित रुपमा तपाईको मास्क खै रु कार्यक्रमको आयोजना गरि सचेतना फैलाउने देश्यले विभिन्न युवाहरुको सामाजिक संस्थाले सामूहिक रुपमा मनाएका छन् । मन्थली नगरपालिकाको र राष्ट्रिय युवा परिषद् जिल्ला युवा समिति रामेछापको सहकार्य र रामेछाप सहयोगी मन (रासम) को समन्वयमा र वातावरण परियोजना मन्थलीको आयोजनामा कार्यक्रम गरिएको हो । 


बिहान ७ बजे पुरानो कटहरबोटदेखि देबकोटा चोक मन्थलीसम्म र्यालीसहित बोल्ने मुखलाई मास्कले रोक्दैन, चिउँडोको मास्कले कोरोना छेक्दैन भन्ने मूल नाराकासाथ बजार परिक्रमा गरिएको थियो । र्यालीमा विभिन्न युवा सम्बन्धी जनचेतना मूलक नारा लेखिएका प्लेकार्डहरु प्रर्दशन गरिएको थियो । 


कार्यक्रमलाई सम्बोधन् गर्दै मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले युवाहरु आर्थिक, सामाजि र सांस्कृतिक क्षेत्र परिवर्तन गर्न भूमिका खेल्नु पर्नेमा जोड् दिए । 


त्यस्तै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँ घरेले युवाहरु राजनीतिक दलको पोगरि भिरेर नभै स्वतन्त्र रुपमा परिवर्तनको लागि भूमिका खेल्ने आग्रह गरे । 


त्यस्तै राष्ट्रिय युवा संघ जिल्ला युवा समिति रामेछापका अध्यक्ष प्रकाश कार्कीले युवाहरुको आर्थिक कम्जोरीको कारणले सोचेको लक्ष्यमा पुग्न समस्या भएको भन्दै सरकारले युवा लक्षित् कार्यक्रमलाई थप सहज बनाउनु पर्ने बताए । 


त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै रासमका प्रतिनिधि युवाहरुले युवा देशको एक मुटुको रुपमा रहेको र यीनीहरुले रक्त संचारले मानिसको शरीरमा भूमिका खेलेको जस्तै देशमा भूमिका खेलिरहेको बताएका छन् । 


अगस्त १२ का दिन संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै आएको छ । यो वर्ष "युवाहरूको सीप र कौशललाई केन्द्रमा राख्दैः खाद्यान्न प्रणालीको रुपान्तरण र समग्र पृथ्वीको नै स्वास्थ्यलाई महत्व" भन्ने मूल नाराका साथ दिवस मनाईदै छ ।