अनेरास्ववियूका केन्द्रिय सदस्य अधिकारीमाथि योजनाबद्ध तरिकाले आक्रमण गरिएको आरोपमा नेविसंघ र तरुण दलका नेतामाथि कारबाही गर्ने काम

| साउन ३०, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

३० साउन,रामेछाप । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन जिल्ला कमिटी रामेछाप (अनेरास्ववियु) का केन्द्रिय सदस्य सागरहरि अधिकारीलाई योजना बद्ध तरिकाले कुट्पिट् गरेको आरोपमा नेपाल विद्यार्थी संघ (नेविसंघ) कोटेश्वर बहुमुखी क्याम्पसका सभापति सहित दुई जनालाई कारबाहिको गर्न माग गरिएको छ । अन्य नेविसंघका पदादिकारीहरुले अधिकारीलाई आक्रमण गर्नेको लागि खटाएकाहरुलाई समेत कारबाहीको माग गरिएको छ । 

 


मन्थली नगरपालिका वडा नं १२ गेलु घरभएका अधिकारीलाई शुक्रबार साँझ काठमाडौं कोटेश्वरमा नेविसंघका सभापति सञ्जय बुढाथोकी र तरुण दलका नेता शुशिल बुढाथोकीले (कुले) भनिनेले गाउँको राजनैतिक विषयमा छलफल गर्नु पर्ने छ भनि फोन गरेर कोटेश्वरमा भेट्नलाई डाकेको थिए( अनेरास्ववियुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

 

अधिकारी नेविसंघका नेताहरुलाई भेट्नलाई गएका थिए । सोही समयमा अधिकारीमाथि दुई जनाको समूहमा आएका अपरिचित् ब्यक्तिहरुले आक्रमण गरेका थिए । उनीमाथि बोतल आक्रमण भएको बताइएको छ । आक्रमणबाट अधिकारीको टाउकोमा गम्भिर चोट लागेर अहिले काठमाडौंको सिभिल हस्पिटलमा उपचाररत छन् । 

 


घट्नाको भ्रत्सना गर्दै अनेरास्ववियु जिल्ला कमिटीले दोषीमाथि कडा कारबाहिको माग गर्दै घाइते अधिकारीको उपचार खर्चसहित क्षेतिपूर्तीको समेत माग गरिएको छ ।   

विज्ञप्ति हेर्नुहोस्