अधिकारीमाथि आक्रमण पक्ररणः तरुण दलले भन्यो “घटनामा कुनै संलग्नता हुँदै नभएका ब्यक्तिलाई फसाउने काम भयो” (विज्ञप्तिसहित)

| साउन ३१, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

३१ साउन,रामेछाप । नेपाल तरुण दल रामेछापले अनेरास्ववियुका केन्द्रिय सदस्य सागरहिर अधिकारीमाथि आफ्ना पदादिकारीले योजनाबद्ध गरिकाले संघातीका हमला गरेको भनेर झुटो आरोप लगाइएको भन्दै आपत्ती जनाएको छ । धम्किपूर्ण भाषाको प्रयोग गरि अनेरास्ववियुले घटनालाई भ्रमित, उतेजित र तोडमोड् गरेको तरुणको जिकिर छ । 

 

 

अनेरास्ववियू रामेछापका पूर्व अध्यक्ष समेत रहेका केन्द्रिय सदस्य अधिकारीमाथि गत शुक्रबार साँझ राजधानीस्थित कोटेश्वरमा अज्ञात समूहले बोतल प्रहार गरेको थियो । सो घटनामा अनेरास्ववियुले तरुण दल रामेछापका जिल्ला सदस्य शुशिल बुढाथोकी र नेपाल विद्यार्थी संघ (नेविसंघ) कोटेश्वर क्याम्पसका इकाई सभापति संजय बुढाथोकीले योजनाबद्ध तरिकाले घटाएको भन्दै उनीहरुमाथि कारबाहिको माग गरेको थियो ।


विज्ञप्ति जारी गर्दै अनेरास्ववियु जिल्ला, केन्द्र र एमाले जिल्ला पार्टीले दोषी उनीहरुनै भएको भन्दै कडा कारबाहि गर्न माग गरेका छन् । तर, तरुण दल रामेछापले घटना राजनीतिक पूर्वाग्रह राखि कुनै पनि संलग्नता नभएका आफ्ना सदस्यसहित नेविसंघका सभापतिमाथि उत्तेजक बाउने र झुटो आरोप लगाउने काम गरेको बताएको छ । तरुणले घटनालाई तोडमोड गरि झुटा आरोप लगाइ जबरजस्ती दोषि देखाउने खोजेको ठहर गरेको छ । 

 


शनिबार विज्ञप्ति जारी गर्दै जिल्ला अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले उक्त घटनामा राजनीतिक प्रतिसोध नराखि दोषिलाई उम्कन नदिन र निर्दोषिलाई नफसाउन समेत आग्रह गरेका छन् । 

यो पनि पढ्नुहोस्- अनेरास्ववियूका केन्द्रिय सदस्य अधिकारीमाथि योजनाबद्ध तरिकाले आक्रमण गरिएको आरोपमा नेविसंघ र तरुण दलका नेतामाथि कारबाही गर्ने काम

 अनेरास्ववियूका केन्द्रिय सदस्य अधिकारीमाथि अज्ञात समूहद्वरा आक्रमण


विज्ञप्ति हेर्नुहोस्