जिल्ला प्रहरी कार्यालय रामेछापमा नागरिक सहायता कक्ष संचालनमा आयो

| साउन ३१, २०७८ आइतबार

फाइल फोटो जिल्ला प्रहरीको फेस्बुकबाट साभार
A A A
A A A

३१ साउन, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले नागरिक सहायता कक्ष र रंग कोडित (Color Coded)  सेवा सुरु गरेको छ ।  आइतबार प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले निर्माण सम्पन्न भएको नागरिक सहायता कक्षको रिवन काटेर सेवा सुचारु गरेका हुन्  ।


सो कार्यक्रममा बोल्दै (प्रजिअ) सैजूले नागरिकलाई थप प्रभावकारी ढंगबाट सेवा प्रवाह गर्न संचालनमा आएको यस्तो सेवाले निकै सहजता हुने बताए । उनले नागरिकमैत्री कार्यक्रमहरुमा स्थानीय तहको सहकार्य र समन्वय भएमा समाजको विकृति तथा अपराध न्यूनीकरण भई समुन्नत समाजको निर्माणमा टेवा पुग्ने दाबी गरे । 

नागरिक सहायता कक्ष उत्घाटन गर्दै प्रजिअ सैजू 

त्यस्तै कार्यक्रममा जिल्ला प्रहरी कार्यक्रम रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुंगानाले नागरिक सहायता कक्ष र रंग कोडित  (Color Coded) सेवा प्रवाह कार्ड सेवाको विशेषताको रूपमा सेवाग्राहीहरुको सहजताको लागि संचालनमा ल्याइएको जानकारी गराए । जिल्ला प्रहरी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको अभिलेखीकरण फरक(फरक रंग भएको सेवाग्राही सम्बन्धित शाखामा जान सजिलो हुने, पहिले आउनेले पहिले सेवा पाउने (First Come First Serve) अवधारणा आवलम्बन गरिएको बताए । उनले सेवाग्राहीले सुविधा लिनको लागि अन्य व्यक्तिको साहारा लिन नपर्ने बताए । 

नागरिक सहायता कक्षभित्र प्रजिअ सैजूसहित जिल्ला प्रहरीका पदादिकारी 
त्यस्तै सामुदायिक सेवा केन्द्रका तर्फबाट कार्यक्रमलाई सम्बोधन गर्दै सामुदायिक सेवा केन्द्रका अध्यक्ष विरेन्द्र श्रेष्ठले यस्ता किसिमको कार्यक्रमले प्रहरी सेवा प्रवाहमा थप गुणस्तरियता आउने बताए । 


जिल्ला प्रहरी कार्यालय रामेछापको आन्तरिक स्रोत व्यवस्थापनबाट उक्त नागरिक सहायता कक्षको निर्माण भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए ।