यसरी छाडे अफगानिस्तानका राष्ट्रपति घानीले देश [भिडियोसहित]

| साउन ३१, २०७८ आइतबार

A A A
A A A

३१ साउन, काठमाडौं । अफगानिस्तानका राष्ट्रपति अशरफ घाले देश छाडेका छन् ।

 

गानीसँगै प्रथम उपराष्ट्रपति अम्रुल्लाह सलेहले पनि देश छोडेको समाचार संस्थाहरूले जनाएका छन् । 

 

 

उनीहरू ताजकिस्तानतिर लागेको त्यहाँका मिडियाहरूले लेखेका छन् । 

 

तालिबान अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेको छ । आइतवार चारैतिरबाट काबुल प्रवेश गरेको हो । 

 

उच्च स्रोतलाई उद्धृत गर्दै अल जजिराले जनाएअनुसार राषट्रपति घानी ताजिकिस्तान प्रस्थान गरेको उल्लेख गरेको छ । 

 

सुरक्षाको कारण देखाउँदै राष्ट्रपति कार्यालयले भने औपचारिक जानकारी दिन अस्वीकार गरेको छ ।

 

तालिवानी अधिकारीहरु भने राष्ट्रपतिले मुलुक छाडेकोबारे आफूहरुले अध्ययन गरिरहेको जनाएका छन् ।