रामेछाप नगरपालिकाले निशुःल्क १५ दिने ड्राईभिङ् तालिम संचालन गर्ने (सूचना)

| भदौ ४, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

४ भदौ, रामेछाप । रामेछापको रामेछाप नगरपालिकाले १५ दिने ड्राइभिङ तालिम संचालन गर्ने भएको छ ।  महिलाहरुलाई व्यवसायीक बनाउने उदेश्यले  नगरपालिकाले वार्षिक बजेट मार्फत साना सवारीसाधन चलाउन सक्ने बनाउने गरि तालिम संचालन गर्ने लागेकाे नगरले शुक्रबार एक सूचना जारी गर्दै भनेकाे हाे । तालिमको लागि सिकारुहरुले कुनै शुल्क तिर्नु नपर्न बताइएकाे छ । 

सिप सिकेर व्यवसायीक बन्न इच्छुुु महिलाहरुलाई सहभागीता जानउन समेत नगरले आह्वान गरेकाे छ ।  एकल महिलाहरुलाई प्राथमिकता दिने सूचनामा उल्लेख छ ।  यसअघि जिल्लाकै मन्थली नगरपालिकाले पनि ड्राइभिङ तालिम संचालन गरेकाे थियाे ।