बाम्तीभण्डारः वर्षौदेखि लाग्दै आएको लुँभु जात्रा यो वर्ष स्थगित् (सूचनासहित)

| भदौ ४, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

४ रामेछाप ।  रामेछाप उमाकुण्ड गाउँपालिका वडा २ बाम्तीभण्डारमा वर्षौदेखि लाग्दै आएको लुँभु जात्रा यो वर्ष नलाग्ने भएको छ । 

 

 

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण यो वर्ष सदियौंदेखि मनाउदै आइएको प्रसिद्ध सिद्धनाथ मन्दिरको मेला नमनाउने वडा कार्यालयले जनाएको छ । यो वर्ष भदौ ५ गते जनै पूर्णीमा परेको छ । 

 

शुक्रबार एक सूचना जारी गर्दै वडा कार्यालय बाम्तीभण्डारले भोली भदौ ६ गते जनैपूर्णीमाको दिन लाग्ने मेला घरपरिवारभित्रै संकेतिक रुपमा मनाउने जानकारी दिएको हो । 

 

भिडभाड हुने भएकाले कोरोना संक्रमण फैलिन सक्ने सम्भावना रहेकाले मेला स्थागित गरिएको वडा कार्यालयले जनाएको छ । 

 

लुँभु मेला भर्नको लागि सोलुखुम्बु, ओखल्ढुङ्गा, दोलखा लगाएतका ठाउँमा मानिसहरुको घुईचो लाग्ने गर्दछ ।

 

विगतका वर्षहरुमा लुँभु जात्रा धुमधामको साथ मनाईने गरिएको छ।  साथै मेलासंगै लाग्ने स्थानीय हाट बजार समेत यो वर्ष सांकेतिक रुपमा सामाजिक दूरी कायम गरि लाग्ने भनिएको छ । 

सूचना हेर्नुहोस्