रामेछापमा रहेको प्रसिद्ध पाँचपोखरी मेला नलाग्ने

| भदौ ४, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

०४ भदौ,रामेछाप । रामेछापको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक पाँचपोखरी मेला यो वर्ष नलाग्ने भएको छ । 

 


नयाँ भेरियन्ट सहितको कोरोना भाइरस संक्रमण तिवृ रुपमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञामै उल्लेख गरेर जिल्लाभित्र कुनै पनि धार्मिक मेला, महोत्सव, जात्रा, बिहे, भोजभतेर, लगाएतका कार्यक्रमहरु नगर्न भनेको छ ।

 

सोही आदेश अनुसारनै प्रत्येक वर्ष जनैपूर्णीमाको अवसर पारेर मनाईदै आइएको पाँचपोखरी मेला यो वर्ष नलाग्ने प्रमुख जिल्ला अधिकारी गौलचन सैजूले रामेछाप टाइम्सलाई जानकारी दिए । उनले भने 'हामी लकडाउन जारी गर्दै उल्लेख गरेर आदेश जारी गरेका छौं । कसैले यो निर्णयको उल्लङ्घन गरेको खण्डमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६, को उपदाफा ३ र कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ आदेश बमोजिम कारबाही गरिने बताइएको छ ।'