प्रहरी नियन्त्रणमा रहेका श्रेष्ठ र बुढाथोकीलाई बिना सर्त तत्काल रिहा गर्न नेविसंघ रामेछाप-काठमाडौं सम्पर्क समितिको माग

| भदौ ८, २०७८ मंगलबार

फाईल फोटो
A A A
A A A

८ रामेछाप । नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछाप-काठमाडौं सम्पर्क समितिले प्रहरी नियन्त्रणमा रहेका कोषाध्यक्ष योगेशे श्रेष्ठ र नेविसंघ कोटेश्वर क्याम्पस ईकाईका सभापति सन्जय बुढाथोकीलाई बिना सर्त रिहा गर्ने माग गरेको छ । 

 

 

श्रेष्ठ र बुढाथोकीलाई मंलबार छुट्टा छुट्टै स्थानबाट प्रहरीले पक्राउ गरेको थियो । 


पक्राउ गरेलगत्तै विज्ञप्ति जारी गर्दै समितिका सभापति बिष्णु श्रेष्ठले झुटो मुद्दा लगाएर फसाउन खोजेको भन्दै उनीहरुलाई बिना सर्त रिहा गर्न माग गरे ।

 

उनीहरुलाई प्रहरीले अनेरास्ववियुका केन्द्रीय सदस्य सागररहित अधिकारीलगाएतका पदादिकारीमाथि भएको संघातिका आक्रमणमा संलग्न रहेको आरोपमा पक्राउ गरेको बताइएको छ ।