तरुण दल रामेछापले भन्योः 'कोषाध्यक्ष  श्रेष्ठ र सभापति बुढाथोकीलाई बिना सर्त तत्काल रिहा गर' (विज्ञप्ति)

| भदौ ८, २०७८ मंगलबार

फाईल फोटो
A A A
A A A

८ भदौ,रामेछाप । नेपाल तरुण दल रामेछापले आफ्ना कोषाध्यक्ष योगेश श्रेष्ठ र नेपाल विद्यार्थी संघ (नेविसंघ) कोटेशवर क्याम्पसका ईकाई सभापति संजय बुढाथोकीलाई पक्राउ गरिएकोमा ध्यानाकर्षण जनाउदै तत्काल बिना सर्त रिहा गर्न माग गरेको छ । 

 

 

मंगलबार रामेछाप प्रहरीले नियन्त्रणमा लिएका श्रेष्ठ र बुढाथोकीलाई तत्काल बिना सर्त रिहा गर्न नत्र आफ्नो दल त्यसको बिरुद्धमा डटेर लाग्ने चेतावनी  दिन चाहान्छौ तरुण दलका जिल्ला अध्यक्ष काजी बहादुर खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

 

अनेरास्ववियुका केन्द्रीय सदस्य तथा जिल्ला अनेरास्ववियुका पूर्व अध्यक्ष समते रहेका सागरहरि अधिकारामाथि केही समय अगाडी राजधानी स्थित् कोटेश्वरमा सांघातिक हमाला भएको थियो । 


उक्त घटनामा संलग्न भएको भन्दै श्रेष्ठ र बुढाथोकीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । 

 


तरुण दलले बुढाथोकी र श्रेष्ठको घटनामा कुनै संलग्नता नरहेको तर राजनीतिक प्रतिशोध साधेर फराउन खोजिएको भनेको छ ।