रामेछापका कांग्रेस नेता कार्कीले प्रधानमन्त्री देउवासंग यस्तो माग गरे (पत्रसहित)

| भदौ ९, २०७८ बुधबार

A A A
A A A

९ भदौ, रामेछाप । नेपाली कांग्रेस रामेछापका नेता काजी बहादुर कार्कीसहित रामेछाप कांग्रेसका नेताहरुको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । उनीहले भेटमा समसामयिक विषयमा ध्यानाकर्षण पत्र बुझआएका छन् । 

 

कार्कीले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर नेपाली कांग्रेसका पार्टी सभापति एवं प्रधानमन्त्री देउवालाई बुधबार देउवाका स्वकीय सचिव भानु देउवामार्फत आगामी राजनीतिको लागि सुझाव पत्र बुझाएको जानकारी दिए । 

 

उनले मूलुक गम्भीर संकटमा रहेको अवस्थामा देउवा प्रधामन्त्री बनेको भन्दै यसबाट देश र जनताको हितमा काम गर्ने शुभकामना दिएको बताए । साथै उनले प्रधामन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले पार्टीलाई अझ उन्नत स्तरमा पुर्याउन गम्भीर भूमिका खेल्न आग्रह गरेको उल्लेख गरे । 

 

कार्कीले अब हुने स्थानीय तह, प्रदेश र संघीय तहको निर्वाचनमा पार्टीले एक्लै बहुमत प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्ने आग्रह गर्दै अन्य दलसंग गठबन्द नगर्न पनि सुझाएका छन् ।